कनकाईले बगाएर एक ब्यक्ति वेपत्ता

0
503

झापा ।
झापाको कनकाई नदीले बगाएर बिहीबार दिउसो एक जनालाई बेपत्ता बनाएको छ ।

नदीमा नुहाउन पसेका स्थानीय शिवसताक्षी नगरपालिका वडा नम्बर १० का कान्छा भनिने साहेव सतारलाई कनकाई नदिले वगाएर बेपत्ता बनाएको हो ।

दिउसो साढे १ बजे नदीमा नुहाउन पसेका सतारको नदीले वगाएको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन । कनकाई पुल दक्षीण तीर नुहादै गरेका एक युवकलाई खोलाले बगाएको शव जलाउदै गरेका मलामीले देखेपनी नदीमा पानीको सतह धरै भएकाले उद्धार गर्न नसकिएको प्रत्यक्षदर्शीले बताए ।

वेपत्ता भएका सतारको खोजी कार्यजारी छ । ईलाका प्रहरी कार्यलय झिलझिले, शिवगञ्ज,स्थानीयबासी लगायतको टोलीले बेपत्ता भएका सतारको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here