बुद्धशान्तिमा तेक्वान्दो खेलाडीहरुको ग्रेडीङ सम्पन्न

0
651

अर्जुनधारा।

झापाको बुद्धशान्ति–२ जयपुरमा रहेको बुद्धशान्ति तेक्वान्दो डोजाङले विहिबार खेलाडीहरुको ग्रेडीङ सम्पन्न गरेको छ ।

स्थानीय जयपुर अङग्रेजी आवासिय विद्यालयमा डोजाङ प्रमुख पर्शुराम भण्डारी “सुजन भान्जा”को अध्यक्षता र विद्यालयका प्रधानाध्यापक सन्तोष भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त ग्रेडीङ सम्पन्न भएको हो ।

ग्रेडीङमा डोजाङका जयपुर अङग्रेजी आवासिय विद्यालय, आदर्श माध्यमिक विद्यालय र एम्बीसन एकाडेममा अध्धयनरत् २५ जनाको सहभागीता रहेको डोजाङ प्रमुख भण्डारीले जानकारी दिए ।

नेपाल तेक्वान्दो संघ झापाका उपाध्यक्ष एवम् अफिसियल प्रशिक्षक कर्ण दाहाल, देवेन्द्र भण्डारीलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रशिक्षकहरु अरुण डाँगी, दिपेन धिमाल र प्रशान्त दनुवारको आतिथ्यता रहेको थियो ।

प्रशिक्षक योगेन्द्र रिजालले खेलकुदको महत्वसँगै स्वागत मन्त्वय व्यक्त गरेको कार्यक्रमको सञ्चालन प्रशिक्षक होम दुलालले गरेका थिए ।

सोही कार्यक्रमको सन्दर्भमा डोजाङको आयोजनामा २०७३ सालमा सम्पन्न भएको प्रथम जयपुर आमन्त्रित तेक्वान्दो प्रतियोगिताको आर्थिक प्रतिवेदन डोजाङ प्रमुख भण्डारीले सार्वजनिक गरेका थिए । प्रतिवेदन अनुसार प्रतियोगिता सम्पन्न गर्न आठ लाख ५९ हजार रुपैयाँ खर्च भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here