शालिकरामको न्याय र रविको रिहाईको माग गर्दै झापामा प्रर्दशन

0
1165

झापा।

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाका विभिन्न स्थानमा भइरहेका आन्दोलनले वृहत्तर रुप लिदैं गएको छ ।

गत साउन २० गते चितवनको नारायणगढ स्थित कङगारु होटलमा पत्रकार शालिकराम पुडासैनीको शंकास्पद मृत्यु भएपछि उनले न्याय पाउनु पर्ने तथा सञ्चारकर्मी लामिछाने र कँडेललाई निःशर्त रिहाइको गरिनुपर्ने माग राख्दै झापासहित देशभर प्रर्दशन जारी रहेको छ ।

सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा बिहीबार झापाको विभिन्न स्थानमा स्वस्फूर्त रुपमा स्थानीयले ¥याली निकालेका हुन् । बिर्तामोड र दमकमा स्थानीयले बिहीबार पनि स्वस्फूर्त ¥याली तथा कोणसभा गरेका छन् । सञ्चारकर्मी लामिछानेलाई विभिन्न बहानामा फसाउन खोजिएको भन्दै होसियार रहन खबरदारी गरेका छन् ।


सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास समेत व्यक्त गरेका थिए । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर ¥यालीमा उत्रिएका थिए ।

¥यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइँदैन, विधीको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्ता रिहा गर, रवि लामिछाने जिन्दावाद जस्ता नारा लगाएका थिए ।

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले गत बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनले गत मंगलबार उनीसहित ३ जनालाई पुनः ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि झापामा प्रदर्शनको श्रृंखला बढेको हो ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी झापाले पनि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै आफ्ना कार्यकर्तालाई यस्ता प्रर्दशनमा सहभागी नहुन विज्ञप्तीमार्फत् ह्वीप नै जारी गरेपनि झापाको बिर्तामोड, दमक, सुरुंगा, गौरादह, केरखा र लक्ष्मीपुरलगायतका स्थानमा दैनिकजसो प्रदर्शन, ¥याली र कोणसभा भइरहेको छ ।

राजनीतिक दलले आफ्ना कार्यकर्तालाई रवीको पक्षमा नलाग्न आग्रह गरेपनि जनताको भरोसा बनेका रवि प्रतिको सम्मान ब्यक्त गर्दै नागरिकको सहभागिता बढ्दै गएको छ । प्रहरीले शालिकरामको मृत्यु प्रकरणमा आत्महत्या वा हत्या टुङ्गो नलगाई रविलाई पक्राउ गरेपछि देशभर जनआक्रोश बढ्दै गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here