झापा,आई केयर फाउण्डेशनको ३५ औं स्थापना दिवसको अवसरमा मेची आँखा अस्पताल बिर्तामोडले अस्पताल संस्थापनामा सहयोग पु¥याउने नेदरल्याण्डका नागरिकसहित ६ जनालाई सम्मान गरेको छ ।
अस्पताल परिसरमा आयोजित कार्यक्रमकाबीच नेदरल्याण्डस्थित आइकेयर फाउण्डेशनका चिफ एक्जुकेटिभ अफिसर बीजोन स्टेनभर्ससहित डा. गोपालप्रसाद पोखरेल, प्रोफेसर डा.सञ्जयकुमार सिंह, डा. पुरुषोत्तम जोशी, डा. मेमलाल राजवंशी र मोहन अधिकारीलाई सम्मान गरेको हो । उनीहरुलाई अस्पतालले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
आँखा अस्पताल सञ्चालक समिति उपाध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा पुरुषोत्तम जोशीले आस्पताल स्थापनापछि अस्पतालले पु¥याउँदै आएको सेवाका विषयमा जानकारी दिनुभयो ।
आइकेयर फाउण्डेशनका एक्जुकेटिभ डाइरेक्टर अनिलप्रसाद गोर्खालीले फाउण्डेशनको विषयमा प्रकाश पारेको कार्यक्रममा अस्पताल सञ्चालक समिति सचिव सुरेशकुमार वंशल, मेची आँखा अस्पताल संघका सदस्य चण्डी पराजुली, सम्मानित व्यक्तित्व डा. सञ्जयकुमार सिंह, डा. गोपाल प्रसाद पोखरेल, अस्पतालका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारी,अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियार लगायतले बोल्नु भएको थियो ।

































