सिभिलमा खाता खोल्दा निःशुल्क उपचार !

1
968

बिर्तामोड,  सिभिल बैंकमा खाता खेलेका झापा अर्जुनधारा नगरपालिका स्थित खुदुनावारीमा होमकर्ण महरालाई आफू बिरामी हुँदा बैंकले सहयोग गर्ला भन्ने सोचेकासम्म थिएनन् ।
दुई महिना अघि विएण्डसी अस्पताल बिर्तामोडमा एपेन्डिसाइको शल्यक्रिया गरेर घर फर्किएका उनलाई बंैकले बुधबार उपचार खर्च दिँदा उनी अचम्मित बने । बैंकले प्रदान गरेको चेक ग्रहण गर्दै उनले भने – सुरुमा त मलाई म कार्यरत संस्था हलेसी टे«ेड लिङ्कका सञ्चालक चुडामणि पौडेलले उपचार गर्दा लागेको खर्चको बिल सिभिल बैंक पु¥याई दिनु बैंकले पैसा दिन्छ भन्दा जिस्क्याए झैं लाग्थ्यो । तर, आज आफ्नै हातले पैंसा समात्दा अचम्म लागिरहेको छ ।’
‘कल्पनासम्म गरेको थिइँन यसरी बैंकले विरामी हुँदा उपचार खर्च दिन्छ भन्ने’ उनले थपे – ‘चुणामणि सरले अब सबैले सिभिल बैंकमा खाता खोल्नु सबैको तलब बैक मार्फत आउँछ भन्नु भएको थियो , सुरुमा त मलाई आ बैंकको झन्झट कस्ले गर्ला भन्ने झैं लागेको थियो । तर, होइन रहेछ, आज थाहा भयो बैंकमा खाता खोल्नु भनेको हाम्रो लागि सहारा समेत हुँदो रहेछ ।
‘चुडामणि सरले भने बमोजिम अस्पतालमा उपचार गर्दा लागेको खर्चको केही बील बैंक पु¥याएको थिए आज सोच्दै नसोचेको पैंसा पाउँदा चुणामणि सर र बैंकलाई धन्यवाद दिन चाहान्छु’ महराले थने – ‘ बैंकले सहयोग नगरेको भए आज अस्पतालमा उपचार गर्दा लागेको खर्च ऋण खोजेर तिर्नु पथ्र्याे ।’
महरालाई बैंकले सम्मान बचत खाता खोले बापत बैंकको विमा योजना अन्तरगत ५५ हजार ६ सय ६४ रुपैयाँ प्रदान गरेको हो । सो रकम वैंकका बिर्तामोड शाखा प्रवन्धक टंक पौडेल र सह प्रवन्धक तीर्थ नेपालले प्रदान गरेका थिए । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ बिर्तामोडमा सञ्चालित सिभिल बैंकमा हलेसी ट्रेड लिङ्कमा कार्यरत सबै कर्मचारीले सम्मान बचत खाता खोलेका छन् । बैंकको नियम अनुसार विमा योजना अन्तरगत बैंकले आफ्ना कोही सदस्य विरामी परेको खण्डमा एक लाखसम्मको औषधि उपचार खर्च र दुर्घटनामा मृत्यु भएमा सात लाखसम्म प्रदान गर्ने गरेको बैंकका प्रवन्धक पौडेलले बताए ।


‘बैंकमा खाता खेलेपनि विमा रकम पाउन निश्चित रकम हुनै पर्ने बाध्यता छैन’बैंकका सह प्रवन्धक नेपाल भन्छन् –‘यो वैंकमा खाता खोले पुग्छ , विरामी वा दुर्घटना भए बैंकले विमा मार्फत उपचार खर्च प्रदान गर्छ ।’
सिभिल बैंकको देशभर अहिले ९६ वटा शाखा रहेको र सबैं शाखाले सेवा प्रदान गर्दै आएको बताइन्छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here