बिर्तामोडमा हुण्डाई भेन्यू

0
1177

बिर्तामोड।

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच हुण्डाई भेन्यू सार्वजनिक गरिएको छ ।

हुण्डाई गाडीको नेपालको लागी आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले काठमाडांैमा हुण्डाई भेन्यूको सार्वजनिक गरेसँगै बिर्तामोडमा पनि हुण्डाई भेन्यूको सार्वजनिक गरिएको हो । हुण्डाई गाडीको मेचीका लागि आधिकारिक बिक्रेता प्रतिष्ठान मोटर्स प्रालि बिर्तामोडले बिहीबार हुण्डाई भेन्यूको सार्वजनिक गरेको हो ।

बिर्तामोड उद्योग वाण्ज्यि संघका अध्यक्ष कुमार भट्टराई र प्रतिष्ठान मोटर्स प्रालि बिर्तामोडका सञ्चालक कुमार थापाले हुण्डाई भेन्यूको सार्वजनिक गरेका थिए । भारतमा सर्वाधिक बिक्री हुने कारको रुपमा परिचित हुण्डाई भेन्यू नेपालमा पनि सर्वाधिक बिक्री हुने लक्ष्य राखेको कम्पनिले जनाएको छ ।

हुण्डाई भेन्यूमा ब्ल्यु लिंक टेक्नोलोजी, दिइएको र भेन्यू १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल गरी ३ इञ्जिन अप्सनमा उपलब्ध रहेको कार्यक्रममा जानकारी दिइयो । त्यस्तै यसमा प्रयोग भएको १.० लिटर टर्बो पेट्रोल इञ्जिनले १२० पीएसको पावर दिने र ७ डीसीटी र म्यानुअल ट्रान्समिशन दिइएको छ ।

यसमा दिइएको १.२ लिटर पेट्रोल इञ्जिनले ८३ पीएस पावर र ११५ एनएमको टर्क जनेरेट गर्ने र यो इञ्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको कार्यक्रममा जानकारी दिइयो । त्यस्तै १.४ लिटर डिजेल इञ्जिनले ९० पीएसको पावर र २२० एनएम टर्क जेनेरेट गर्ने बताइएको छ ।

हुण्डाई भेन्यू स्मार्ट इलेक्ट्रिक सनरुट आकर्षक क्रोमयुक्त फण्ट ग्रील तथा स्पोर्टी रिफवेलले सुसज्जित रहेको र यसमा कर्नरिङ लाइभ प्रोजेन्टर फग लाइट, क्रिस्टल इफेक्टसहितको लेड लाइट जडान गरिएको बताइएको छ ।
कम्पनीले यसमा ३३ स्मार्ट कनेक्टेड फिचर प्रदान गरेको छ । यसमा उपलब्ध कनेक्टिभिटी टेक्नोलोजीमा एआईमा आधारित भ्वाइस कमान्ड, लोकेशन ट्रयाक सर्भिस, सेफ्टी, रियोस्याटसहितको एडभान्स सुपरभिजन क्लस्टर रहेको छ ।

त्यस्तै ड्राइभर रेर भ्यूमिरर, भिकल स्टेबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, वायरलेस फोन चार्जर क्रुज कन्ट्रोल, टेलाइमेटिक्सहितको एचडी डिस्प्ले, एयर प्युरिफायर तथा रियरएसिभेन्ट लगायतका विशेषता रहेको बताइएको छ । यसको मूल्य ४८ लाख ९६ हजार रहेको बताइएको छ ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले पछिल्लो समय बिर्तामोडमा सवारीसाधनको प्रयोग बढ्दै गएकोले यस्ता गाडीहरु सुरक्षित र भरपर्दो हुने बताए ।

त्यस्तै प्रतिष्ठान मोटर्स प्रालिका सञ्चालक कुमार थापाले नेपालको सडकका लागि हुण्डाई भेन्यू उपयोगी हुने बताए । कार्यक्रमको सञ्चालन प्रतिष्ठान मोटर्स प्रालिका व्यवस्थापक कमल सिटौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here