काठे पुल विस्थापित गर्दै हल्दिबारी गाउँपालिका

0
1383

बिर्तामोड।

झापाको हल्दिबारी गाउँपालिकाले काठेपुल विस्थापित गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका २६ ठाउँमा आर्थिक वर्ष २०७४÷०७५ मा पक्की पुल, स्ल्याव र कल्भर्ट निर्माण सम्पन्न गरेको र आर्थिक वर्ष २०७५÷०७६ मा थालिएका ४२ वटा पुल, कल्भर्ट र स्ल्याल निर्माणको काम सम्पन्न हुन लागेको हल्दिवारी गाउँपालिकाले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष शुरु भएका केही पुलको निर्माणको काम अहिले पनि भइरहेको गाउँपालिका उपाध्यक्ष डम्बर गिरीले बताए । उनले भने– ‘आर्थिक वर्ष २०७६÷०७७ भित्र हल्दिबारी गाउँपालिकालाई काठे पुल मुक्त गाउँपालिका घोषणाको तयारी थालिएको छ । जसका लागि हल्दिबारी गाउँपालिकाले पुल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समेत बजेट माग गरेको छ ।’

भुतेनी र भूसुडी खोला हल्दिबारी गाउँपालिका भएर बग्ने ठूला खोला भएकाले दुई वटा खोलामा पुल निर्माणका लागि संघीय सरकारसंग बजेट माग गरिएको र अन्य साना खोला तथा होलीमा गाउँपालिकाको आन्तरिक श्रोतबाटै पुल निर्माण गरिएको उपाध्यक्ष गिरीले बताए ।

गाउँपालिकाले पुल, कल्भर्ट र स्ल्याब निर्माणका लागि मात्रै झण्डै पाँच करोडभन्दा बढी रुपैयाँ खर्च गरेको छ । भुतेनी, भुसेडी खोलामा पुल निर्माणका लागि एउटै खोलामा पुल निर्माण गर्न पाँच करोड बढी लाग्ने भए पनि संघीय सरकारसँग बजेट माग गरिएको र बजेट प्राप्त हुने निश्चित भएको उपाध्यक्ष गिरीले बताए । भुतेनी र भुसेडी खोलामा पुल निर्माण भएसँगै हल्दिबारी गाउँपालिका काठे पुल मुक्त गाउँपालिका बन्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here