छोराको बर्थडेमा एसपीको परोपकारी काम

0
964

 

बिर्तामोड, पश्चिमी संस्कृतिको प्रभावका कारण जन्म दिन अर्थात वर्थडे मनाउँदा पछिल्लो सयम निक्कै तडक भडक गरिन्छ । तर, बिर्तामोड– ३ का युवा व्यवसायी तथा समाजसेवी श्याम प्रसाई (एसपी) ले आफ्ना छोराको जन्म दिनमा परोपकारी कार्य गर्दै वर्थडे मनाएका छन् । एसपी प्रसाईले छोराको जन्म दिन मनाउँदा हुने फजुल खर्च बचत गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि २५ हजार ९ सय ९९ रुपैयाँ प्रदान गरेका छन् ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच आफ्ना छोरा संकेत प्रसाईको जन्मदिनको अवसर पारी उनले पत्रकारको हितका लागि उपचार कोषमा उक्त रकम प्रदान गरेका हुन् । प्रसाईले पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।


प्रसाई ढुवानी व्यवसायी हुन् । उनका छोरा २२ वर्षीय संकेत काठमाडौमा अध्ययनरत् छन् ।
आफ्नो कमाईको केही अंश समाजसेवा र परोपकारी काममा खर्च गर्ने सोचका साथ यस पटक पत्रकार उपचार कोषलाई सहयोग गरिएको प्रसाईले बताए ।

उक्त अवसरमा नेपाल भारत मैत्री संघ बिर्तामोडका अध्यक्ष मोहन ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटी, रेडियो बिराटकी प्रवन्ध निर्देशक लीला अनमोलले प्रसाईको परोपकारी कामको प्रशंसा गरे । कार्यक्रमको सञ्चालन महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले गरेका थिए ।

पत्रकारको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष बनाउने उद्देश्यसहित सञ्चालित अभियानमा सबैले सहयोग गरिदिन समेत उनीहरुले आग्रह गरे । कोषमा हाल ४० लाख रुपैया जम्मा भइसकेको छ । कोयाको व्याजबाट घाइते तथा विरामी पत्रकारलाई सहयोग प्रदान गर्न समेत थालिएको छ । सहयोगप्रति महासंघ झापाका उपाध्यक्ष गिरीले धन्यवाद ज्ञापन गरे । छोराको जन्मदिनमा पत्रकारको हितमा पवित्र सहयोग गर्न पाएकोमा प्रसाईले खुशी व्यक्त गरेका छन् ।
यो संगै उनले वाह्रदशी गाउँपालिका – ३ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीलाई खाने पानीका लागि बोतल प्रदान गरेका छन् । विपन्न समुदायका वालवालिका अध्ययनरत विद्यालयका ४९ जना विद्यार्थीलाई प्रसाईले छोराको जन्म दिनमा पानीका बोतल वितरण गरेका हुन् । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच उनले कक्षा १ र वालशिक्षाका विद्यार्थीलाई पानी खान सहज होस् भन्दै बोतल बितरण गरेका हुन् ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेशकुमार झाको अध्यक्षता तथा वाह्रदशी गाउँपालिका – ७ का अध्यक्ष मित्रराज भट्टराईको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच वालवालिकालाई खाने पानीका बोतल बितरण गरिएको थियो ।
सो समारोहमा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष झाले खाने पानीकै कारण मानिसलाई विभिन्न प्रकारका रोग लाग्ने भएको हुँदा शुद्ध पिउने पानी बोक्नका लागि दाता प्रसाईले विद्यार्थीलाई प्रदान गरेको बोतल देख्दा सानै देखिएपनि त्यसको महत्व ठूलो रहेको बताए । उनले भने – सबै वालवालिका स्वस्थ्य र निरोगी राख्न खानेपानीमा पहिलो ध्यान दिन जरुरी छ दाता प्रसाईले आज हाम्रो आँखा खोल्ने गरीको सामाजिक कार्य गर्नु भएको यो कार्यका लागि उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु ।


दाता प्रसाईले विद्यार्थीका लागि खाने पानीका लागि बोतल प्रदान गरेसंगै विद्यालय प्रधानाध्यापक लेखनाथ कटुवालले दाता परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए । विद्यालयमा आयोजित कार्यक्रमको संचालन विद्यालयका शिक्षक नेत्र पौडेलले गरेका थिए ।

l k

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here