हाँस्यव्यंग्य प्रगतिवादी देशदान संकल्प

0
1388

कोमलप्रसाद पोखरेल,

ओली ओम् !
भताभुङ्गम्, भताभुङ्गम्, भताभुङ्गम् !!!
लथालिङ्गम्, लथालिङ्गम्, लथालिङ्गम् !!!
छरपस्टम्, छरपस्टम्, छरपस्टम् !!!
अद्येह श्रीमद् हाउडी पुराणस्य

सिंहदरबार, मन्त्री क्वाटर आदिले नपुगेर असंख्य नेता महानुभावका श्रीमती, जेठी सासू, साली आदिको गाउँ, नगर, प्रदेशदेखि केन्द्रसम्म नै जबर्जस्ति बहाली कृतस्य पचास कोरी औंठाछाप सांसदस्य अनि त्यति नै अथवा त्योभन्दा धेर मन्त्रीका बथानका लागि तयारी कृतस्य । असंख्य घुमाउने कुर्सीमा फोका उठुञ्जेल बसित्वा पाँच तारे होटेल, मोटेल तथा रिसोर्ट मैनेजरस्य आज्ञाद्वारा सात समुद्रपारिबाट आयातस्य रेड लेबल, ब्ल्याक लेबल, ग्रिन लेबल आदि इत्यादिना सह देशस्य बजेटम्, गरीब, दुःखी जनतायाः पसिनाम् रगतं, च छादुन्जेल र पादुन्जेल हसुरिणोस सत्ते, त्रेता, द्वापर कलि युगानांमध्ये ओली युगे दुईतिहाइ चरणे प्रचण्डावतारे, तिब्बतस्य दक्षिणे, भारतस्य उत्तरे, नेपाल एकीकरणस्य पूर्वे ।

यो नेपाल दुई ढुङ्गाको तरुल हो, बोटै चैं न इट है तेस्किमा जन्तरे, मन्तरे, खन्तरे ! लखन्तरे हो ! भनेको कुरालाई वास्तै नगरी यति सानो देशलाई सात परदेशमा बाडित्वा तेषांमध्ये चाप्लुसी जिल्ला, चुसाहा गाउँपालिकायाः र नगरपालिकायाः ओडा नं. चारसए बिस, तेरा कुरा इस नाम स्थाने, टुकुचा नाम अति पवित्र दक्षिण–आधुनिक नदी समीपेस भट्टी नाम पुण्यभूमौ, पैसाले टन्न माती तारन्तार विदेश घुमौस राजतन्त्र, प्रजातन्त्र, जनतन्त्र, लोकतन्त्र, गाणतन्त्र आदि अनेक तन्त्रहरुमध्ये अर्थतन्त्रेषु मनपरि तन्त्रेस भर्खरका तरुनीहरू सिंहदरबार छेउछाउमा घुमेको देख्नासाथ भुतुक्क मन कल्पेस उनै दूधमा पल्किएका अनगिन्ती ढाडे संवत्सरहरु मध्ये बाधा अड्को फुकाउ, देशको सम्पत्ति लुकाउ नाम संवत्सरेस नोट मासे, भोट पक्षे, होड वासरे, सोझा जनता झुक्यायाम्, स्वार्थी नेतानेतीका छोराछोरी, सालासाली, भालेपोथी सप्पै मिली राजनीतिमा पोलिटिक्स घुसायाम् तिथौस तथा च देशको पैसाले अथी तन्काएर रल्लु भई गल्लीमा लड्या बेला काली कुत्तिम्ले मुखमा मुतौ(मुहूर्त), अद्येह गुलाफ राशिस्थिते किशोरिणः मिथुन राशिस्थिते किशोराः, ढाल योगे, यदाकदा जबर्जस्ति करणे चस अस्माकम् देशस्य अंशबन्डायाम् ।

लौ खालो सार गोत्रस्य बाबु उत्तर आमा दक्षिणस्य, नेपाल भक्षणस्य, ताक्परे तिवारी नत्र गोतामे इति त्रि प्रवरस्य, उहिलेको चार जात, छत्तिस वर्णलाई अहिले चारसए जात, छत्तिस सए वर्णमा रूपान्तरणकार्येषु कटिबद्धस्य नयाँ नेपालस्य मान्छे एक दल अनेकस्य धूर्तबहादुर शर्मा बिहारी नामस्य अहं, मम इमाम् पूर्व–पश्चिम् लमतन्नाम्, पितापुर्खाले ठूलो दुःख गरी निर्मिताम् कन्याम्स नागरिकता एताय, स्थायी बासिन्दा उताय, ह्लासा एवम् काशी गोत्राय त्वंशरणं पाउपरणं नाम एक जोडी वराय, फोरेनकन्ट्री घराय, दुबैले बाँडीचुँडी खानू भन्ने बोल कबोल बन्दबस्त अनुसार हामी सत्तासीन, भत्ताछिन नामका लेन्डुपेहरुका मनोमान राजीखुसी साथ कुर्सीमा बसित्वा (लेखपढ चिल्लै हुनाले) औँठा छाप धसित्वा भुसुक्क दानत्वेन युवाभ्याम् वयं सम्प्रदद्महे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here