अर्जुनधारा ।
जयपुर तेक्वान्दो डोजाङ बुद्धशान्ति–२को आयोजनामा दुई पालिकाका चार वटा डोजाङका खेलाडीहरुको ग्रेडिङ शनिबार सम्पन्न भएको छ ।
स्थानीय आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न ग्रेडिङमा आयोजक डोजाङसँगै अर्जुनधारा नगरपालिकाका शनिश्चरे तेक्वान्दो डोजाङ, सूर्यज्योती तेक्वान्दो डोजाङ र सिस्ने शान्ति तेक्वान्दो डोजाङका ६६ जना खेलाडीको सहभागिता रहेको डोजाङ प्रमुख चन्द्र गौतमले जानकारी दिए ।
नेपाल तेक्वान्दो संघ झापाका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, कोषाध्यक्ष हरि भूजेल र वरिष्ठ प्रशिक्षक जीतेन मेचेले ग्रेडिङमा सहभागी खेलाडीहरुको परीक्षा लिएका थिए । कार्यक्रममा गाँउ सभा सदस्य नेत्र गौतमलगायतको आतिथ्यता रहेको थियो ।
त्यसैगरी ग्रेडिङ अघि डोजाङले खेलाडीहरुको अभिभावकलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्यको लागि खेलको महत्वसँगै खेलाडीहरुको अवस्था र प्रगतिको विषयमा र डोजाङको भावी योजनाहरुबारे अभिभावकहरुलाई जानकारी गराउने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको डोजाङ प्रमुख गौतमले बताए ।
प्रमुख गौतमले सहजिकरण गरेको कार्यक्रममा सहभागी अभिभावकहरु विविध विषयमा जिज्ञासा राखेका थिए ।