झापा, नेकपा झापाले पार्टी एकीकरणसँगै २७वटा विभाग गठन गरेको छ ।
गठन गरिएको विभाग अनुसार सबैले जिम्मेवारी पाउने नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताए । बिर्तामोडस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिभागीय जिम्मेवारी बाँडफाँडको जानकारी गराइएको थियो । जसमा संयोजन बिभाग प्रमुखमा चिन्तन पाठक, उपप्रमुखमा मणिकुमार साम्पाङ रहेका छन् । प्रचारप्रसार तथा प्रकाशन बिभागको जिम्मेवारी मणिकुमार साम्पाङलाई प्रमुख र सन्तोष आचार्यलाई उपप्रमुखको जिम्मेवारी दिएको बताइएको छ । कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा राजेन्द्र दाहाल, उपप्रमुखमा कुवेर श्रेष्ठ, स्थानीय तह विभागको प्रमुखमा प्रेम गिरी, उपप्रमुखमा मोहन टुडू रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
अर्थ तथा योजना विभागको प्रमुखमा राधिका ओझा, उपप्रमुखमा केन्द्र प्रसाईं, उद्योग तथा वाणिज्य विभागमा यामबहादुर श्रेष्ठ प्रमुख र प्रकाश भट्टराईलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ । हरिचरण बानियाँलाई उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुख र खगेन्द्र पराजुलीलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । कृषि तथा भूमि सुधार विभागमा खगेन्द्र नेपाल प्रमुख, देवीमाया भट्टराईलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । खानेपानी तथा सरसफाई विभागमा मोहन टुडूलाई प्रमुख र योगेन्द्र आचार्यलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।
जलस्रोत सिञ्चाई तथा ऊर्जा विभागमा जितेश योञ्जनलाई प्रमुख र नारायण पोखरेललाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । निर्वाचन आयोगमा बद्री भट्टराईलाई प्रमुख र एनपी वनेमलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । कानून, न्याय तथा मानवअधिकार विभागमा प्रेमप्रसाद भट्टराई प्रमुख र लीला कार्कीलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । पर्यटन, प्रबद्र्धन तथा नागरिक उड्डयन विभागमा चन्द्रा श्रेष्ठलाई प्रमुख र सन्तोष थापालाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । पार्टी स्कूल विभागको प्रमुखमा रमेश गुरागाँई र उपप्रमुखमा शिव ढुंगेल रहेका छन् । पुस्तकालय तथा अभिलेख विभागमा निर्मला खतिवडा प्रमुख र तुलसी कार्कीलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुखमा श्रीमन नारायण पौडेल र उपप्रमुखमा कुमार खतिवडालाई जिम्मेवारी प्रदान गरिएको छ । युवा तथा खेलकुद विभागमा मोहन नेम्वाङलाई प्रमुख र चन्द्र प्रसाईंलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।
मणि भण्डारीलाई वन तथा वातावरण विभागको प्रमुख र दीपेन्द्र लम्साललाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै चिन्तन पाठक विज्ञान तथा प्रविधि विभागको प्रमुख र दयाराम दाहाललाई उपप्रमुखको जिम्मेवारी दिइएको छ । शिक्षा तथा मानवस्रोत विभागको प्रमुखको जिम्मेवारी सीताराम अधिकारी र उपप्रमुखको जिम्मेवारी नारायण गौतमलाई प्रदान गरिएको छ । श्रम तथा रोजगार विभागमा प्रमुखको जिम्मेवारी सन्तकुमार राईले पाएका छन् भने डण्डी घिमिरेलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । समाज कल्याण विभागमा शारदा शर्मा घिमिरे प्रमुख र इन्दिरा कार्कीलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । सहकारी तथा गरिबी निवारण विभागमा घनश्याम अधिकारी प्रमुख र भानु दंगाल उपप्रमुखमा चयन भएका छन् । जनार्दन उप्रेती सहरी विकास विभागको प्रमुख र पर्शु सुवेदीलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । सामान्य प्रशासन विभागमा खोदनाथ चापागाई र उपप्रमुखमा चन्द्रसिंह कुलुङ, त्यस्तै साहित्य, कला तथा संस्कृति विभागमा सुमित्रा वाङ्देललाई प्रमुख र निर्मला शिवाकोटीलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । स्वास्थ्य जनसंख्या तथा वातावरण विभागको प्रमुखमा देवराज कार्की र उपप्रमुखमा कृतिकुमार राजवंशीलाई जिम्मेवारी प्रदान गरिएको नेकपा झापाका सचिव मणिकुमार साम्पाङले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बाँकी रहेका ५ वटा विभागको टुंगो नलागेको बताइएको छ । नेकपाको केन्द्रीय जिम्मेवारी प्राप्त गर्ने राम कार्की विदेश विभाग, उपप्रमुख नरेश खरेल, प्रदेश कमिटी सहइञ्चार्ज रवीन कोइराला, जिल्ला इञ्चार्ज देवेन्द्र दाहाल, जिल्ला सहइञ्चार्ज धर्मशिला चापागाँई, जिल्ला सहइञ्चार्ज हरि राजवंशी, जिल्ला सहइञ्चार्ज हिक्मत कार्की, युवा तथा खेलकुद फाँटको सहइञ्चार्जमा चयन भएको भन्दै उनीहरुलाई बैठकले बधाई तथा शुभकामना व्यक्त गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पार्टी कार्यालयको कामलाई व्यवस्थित गर्न जिल्ला सचिवालय सदस्य शिव ढुंगेललाई कार्यालय सञ्चालनको जिम्मेवारी प्रदान गरिएको बताइएको छ । नेकपा झापाको एकीकरण अन्तिम चरणमा पूरा भएको र जनवर्गीय संगठनहरुको इञ्चार्ज र सहइञ्चार्ज मात्र तोक्न बाँकी रहेको प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले जानकारी दिए ।



























