बिर्तामोडमा फेरि हनी ट्रयापको घटना !

0
839

बिर्तामोड, प्रेम जाल (हनी ट्रयाप) मा पारेर ४० लाख रुपैयाँ फिरौती माग्ने चार जना पक्राउ परेको घटना सेलाउन नपाउँदै बिर्तामोडबाट पुन ः एक महिला सोही काण्डमा पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका – ६ निवासी २७ वर्षीया सविता राई रहेकी छिन् । उनलाई प्रहरीले झापाको फुलगाछीबाट पक्राउ गरेको हो । पक्राउ परेकी राईलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।
प्रहरी नायव उपरीक्षक मोहन थापाका अनुसार ती महिलाले आफू जेट एयरको एयरहोस्टेज रहेको भन्दै युवालाई माया जालमा पारेर फसाउने गरेको पाइएसंगै उनलाई फक्राउ गरिएको बताइएको छ ।
पेशाले उनी शिक्षक रहेछिन् प्रहरी नायव उपरीक्षक थापाले भने – ‘पक्राउ परेकी सविताले गुरास श्रेष्ठ नाममको फेसबुक आइडी बनाएर कुनै एक एयर होस्टेजको फोटो वालमा राखेर लामो समयदेखि विदेशमा रहेका युवालाई ठग्दै आएकी रहेछिन् । प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।’
प्रहरीका अनुसार पछिल्लो समय जापान बस्तै आएका खोटाङका एक युवालाई ठगी गरेको देखिन्छ । प्रहरी नायव उपरीक्षक थापा भन्छन् – राईले आफू एयर होस्टेज रहेको भन्दै एक वर्षदेखि खोटाङका ति युवालाई माया जालमा पारेर नगद सहित आई फोन समेत लिएकी रहेछिन् । राईसंग विहे गर्ने पक्का भएपछि खोटाङका ति युवा नेपाल आएको र विवाहका लागि झापा आएका रहेछन् । तर, पक्राउ परेकी राईले भेट नदिएपछि उनी हामीकहाँ उजुरी लिएर आए ।
सुरुमा त हामीलाई उनीहरुको निजी कुरा हो भन्ने जस्तो लागेको थियो , त्यसमाथि प्रहरीले लेनदेन मुद्धा हेर्दैन । यो विषय पनि लेनदेनको जस्तो देखियो । तर ति युवा वाठा रहेछन् प्रहरी नायव उपरीक्षक थापाले भने उनले आईफोन पठाउँदै उनले जिमेल ट्रयाक गरेका रहेछन् । जसबाट ति युवतीको डिटेल्स उनले हाम्ीलाई दिए । सोही आधारमा अनुसन्धान गर्दा धेरैलाई उनले यसैगरी ठगी गर्ने गरेको पाइएपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकी राईले वर्षाैदेखि एक पछि अर्काे गर्दै विदेशमा रहेका दर्जनौं नेपाली युवाबाट लाखौं रुपैयाँ लिएको खुलेको छ ।
खोटाङबाट आएका ति युवाबाट पनि झण्डै तीन लाख रुपैयाँ लिएको र विवाह गर्ने आश्वासन देखाएर पटक पटक रकम असुलेको पाइएको छ प्रहरी नायव उपरीक्षक थापाले भने ।

जसरी कमिला वा झिंगाहरू मह(हनी) खान पाइने लोभले फस्छन, त्यसरी नै अधिकांश पुरुष सुन्दर महिलातिर चुम्बकले तानेझैँ तानिन्छन् । महिलाले ‘ग्रिन सिग्नल’ मात्रै दिनुपर्छ, अघिपछि केही नहेरी उनीहरू हाम्फालिहाल्छन्  । राम्री केटीले प्रेमजालमा पारेर वा यौनका लागि आमन्त्रण दिएर फसाउने अपराधलाई प्रहरीहरू ‘हनी ट्रयापिङ’ भन्छन । ‘इजी मनी’का लागि अपराधको यो शैली काठमाडौं लगायतका सहरपछि झापामा समेत भित्रिएको छ,’ इलाका प्रहरी कार्यालय अनरामनीका प्रहरी नायव उपरीक्षक थापा भन्छन्‘राम्री केटीको प्रयोग गरेर धनाढ्य पुरुष फसाउने प्रवृत्ति बढेको छ । यो घटनापनि त्यस्तै हो । यहाँ एक युवती आफैंले एयर होस्टेज बनेर विदेशमा रहेका युवालाई फसाएको खेलेको छ ।
यस अघि प्रहरीले बिर्तामोडका एक व्यवसायीलाई हनी ट्रायापमा परेको अभियोगमा एक युवती सहित तीन पुरुषलाई पक्राउ गरेको थियो । गत साउनमा बिर्तामोडबाट हनी ट्रयापमा पारेको अभियोगमा प्रहरीले बिर्तामोड – ४ निवासी मनोज खान, सुरज विक, फाकफोकथुम गाउँपालिका – १ निवासी रितु लिम्बू फियाक र भारतको किसनगज घर भएका प्रकाश दासलाई पक्राउ गरेको थियो ।
सो घटनामा पनि रितु फियाकलाई प्रयोग गरिएको थियो । यही अपराधका लागि आफ्नो नाम परिवर्तन गरेर जया खान नामको फेसबुक आइडी रितुले बनाएकी थिइन् । भारतको दिल्लीमा बस्दै आएकी उनलाई व्यापारी फसाउनकै लागि सुजन विकले बिर्तामोड बोलाएका थिए  । सुजन र रितु प्रेमी–प्रेमिका हुन्  ।

दिल्लीबाट बागडोग्रा हुँदै झापा प्रवेश गरेकी रितुले दिदीको घरमा बसेर व्यापारीसँग सम्पर्क बढाइन । रितुलाई सुजनले नै व्यापारीको मोबाइल नम्बर दिएर योजना सुनाए ।

रितुले व्यापारीसँग निरन्तर चार दिनसम्म भिडियो तथा फोनमा कुराकानी गरिन । भिडियो कलमा अनुहार देखेपछि व्यापारी उनीसँग भेट्न सहमत भए । रितुले सुजनकै निर्देशनमा व्यापारीलाई एउटा घरको कोठामा लगिन ।

घरको चौथो तलामा रहेको फ्ल्याट पक्राउ परेकामध्येका प्रकाश दासले पाँच महिनादेखि भाडामा लिएका थिए । कोठामा कुनै पनि सरसामान छैन । रितु र व्यापारी कोठामा भएका वेला सुजन मुखमा मास्क लगाएर हातमा छुरी लिएर पुगे । व्यापारीले आफूले चिनेको मेराज खानलाई बोलाए । रितुलाई सुजनको निर्देशनमा प्रकाश दासले चारपानेस्थित दिदीको घरमा स्कुटरमा छाडिदिए ।
त्यसपछि तीनजनाले व्यापारीलाई ५० लाख रुपैयाँ मागे । बर्गेनिङ हुँदा ४० लाख रुपैयाँ ५ साउनमा दिने सहमति भएपछि व्यापारी छुटे । रितुले जया खान नामको फेसबुक आइडी बनाएको एक साता मात्र भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here