काठमाडौं,

सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड राखिरहेको छ। आइतबारको तुलनामा छापावाल सुन सोमबार एकैदिन एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँ पुगेको छ।
यो मूल्य अहिलेसम्मकै उच्च हो। आइतबार सुन तोलाको ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चााँदी पनि १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपालमा पनि मूल्य बढेको हो। भदौ लागेदेखि मात्रै सुनको मूल्य तोलामा २५ सय रुपैयाँ बढिसकेको छ।






























