फाकफोकथुम।
फाकफोकथुम गाउँपालिकाको ७ वटै वडामा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार सेट जडान गरिएको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र खुमलटार ललितपुरबाट अनुदानमा उपलब्ध भएको सोलार सेट बितरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका दलित, जनजाति, अल्पसंल्ख्यक, एक महिला र अपाङ्ग परिवार गरी २ सय २२ घर परिवारलाई सोलार सेट वितरण गरिएको फाकफोक थुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
गाउँपालिकाले २ नम्बर वडादेखि ७ नम्बर वडालाई ३१÷३१ वटा र १ नम्बर वडालाई ३६ वटा सोलार सेटको कोटा विभाजन गरिएको थियो । सोही अनुसार ५ दिन अघिदेखि छनौट भएका परिवारको घरमा गएर वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका प्राविधिकहरुले सोलार सेट जडान गर्दै आएका छन् ।
सोलार सेट जडानका लागि ४ जना प्राविधिकहरु वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट खटिएको बताइएको छ । गाउँपालिकाका अनुसार १ नम्बर वडाको जडान सम्पन्न भएको बताइएको छ ।





























