देशभर गर्मी बढ्यो, पानी अझै केही दिन नपर्ने

0
888

बिर्तामोड ।

झापासहित देशभरको तामक्रम बढेसँगै जनजीवन सामान्य प्रभावित भएको छ । पानी पर्ने क्रम रोकिएसँगै गर्मी बढेको महाशाखाले जनाएको छ । मौसमपूर्वानुमान महाशाखाका अनुसार तत्काल नै ठूलो पानी पर्ने कुनै प्रणाली नदेखिएकाले गर्मी अझै बढ्नेछ ।

तर पहाडी भेगका थोरै ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाई रहेको छ । (मनसुनको समयमा वर्षा हुने प्रणाली) नेपालबाट दक्षिणतर्फ रहेकाले पानी पर्ने क्रम रोकिएको महाशाखाको भनाई छ ।

सोमबार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २६ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा त्यो बढेर मंगलबार ३१ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

यता झापामा केहि दिनदेखि बढेको गर्मीका कारण जनजीवन प्रभावित भएको छ । गर्मीका कारण भाइरल विरामीको संख्या समेत बढ्न थालेको चिकित्सकहरुले बताएका छन् ।

गर्मीका कारण बिर्तामोड, दमक, कांकरभिट्टा लगायतका स्थानमा दिउँसोको समयमा मानिसकोचहलपहल कम भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here