दुनियाँ बदल्ने जिम्मेवारी र आन्दोलनमा देखिएको आत्मसुरक्षावाद

0
594

सुमनसिंह पौडेल, 

हामीले विश्वको अनिवार्य सत्य अर्थात् वैज्ञानिक समाजवाद, साम्यवादसम्मको यात्रा तय गरिसकेका छौं । वर्ग संघर्षको निरपेक्ष प्रक्रियामा सचेततापूर्वक क्रान्तिकारी पहलकदमी लिनु हाम्रो मुख्य काम हो । यसो हुँदा मात्र लिइएको रणनितिक लक्ष्य चुम्न हामी सफल हुन्छौं । क्रान्ति कुनै खेल वा रोमान्स होइन, यहाँ भित्र धेरै ठूलो जिम्मेवारी रहेको छ ।

क्रान्ति गर्नु भनेको वर्तमान विश्वमा शोषणको साम्राज्य चलाइरहेकाहरुको सबै संयन्त्र, प्रबिधि, सैन्यशक्ति आदि सबै शक्तिीलाई परास्त गर्दै त्यसमा श्रमशीलहरुद्वारा नियन्त्रण कायम गर्नु हो र वैज्ञानिक समाजवादी साम्यवादी समाजको निर्माण गरेर अगाडि बढ्नु हो । त्यसैले हामीले यो बुझ्न आवश्यक छ कि क्रान्तिको प्रक्रिया श्रमशील वर्गद्वारा शोषक वर्गविरुद्ध हतियारबद्ध, सुंसगठित स्वरुपमा बल प्रयोगकै विधि मार्फत हमला गरेर जित्ने र सत्ता लिने प्रक्रिया हो । त्यसो हुँदा यो घीऊ र भात खाए जस्तो सजिलो भने पक्कै छैन ।

यतिबेला संसारमा दलाल पूँजीवाद र विश्वका ९७ % आम जनताबीचको अन्तरविरोधले पैदा गरेको नयाँ र अनिवार्य सम्भावनाको आधारमा विश्वभर क्रान्तिकारी पहल भइरहेका छन् । भाकपा माओवादी निरन्तर संघर्षमा छ जो इण्डियन निगम पूँजीवादले निम्त्याएको सामाजिक संकटको कारण पैदा भएको समाजवादी, साम्यवादी सत्ताको सम्भावनालाई सार्थक बनाउन बलिदानीपूर्वक युद्ध लडिरहेको छ । विश्वका अन्य दर्जनौं देशहरुमा मालेमावादी विचार र दृष्टिकोणका आधारमा निगम पूँजीवादी संकटको हलका निम्ति आन्दोलनका प्रयत्नहरु भइरहेका छन् । उत्तरसाम्राज्यवादी अमेरिकाभित्रै पनि वैज्ञानिक समाजवादी÷साम्यवादी आन्दोलनको आवश्यकताको बिषयमा बहस तीव्र बन्दै गएको छ । युरोपका दर्जनौं देशहरुमा बहस र आन्दोलनहरु उठिरहेका छन् । विश्वभर उत्पन्न घटनाक्रमहरुले के तथ्यलाई सावित गर्दै लगेको छ भने निगम पूँजीवादी शक्तिकेन्द्रहरु विरुद्ध विश्वभरीका जनताहरु असन्तुष्ट छन्, आन्दोलित हुँदै गइरहेका छन् र यो धु्रवीरणतर्फ गइरहेको छ ।

उत्तर कोरिया र अमेरिकी तनाव, चीन र अमेरिका बीचको व्यापार युद्ध, भेनेजुएलामा देखिएको हस्तक्षेप र त्यसले पैदा गरेको धु्रवीकरण, इरान माथि अमेरिकी सैन्य हस्तक्षेप, मध्यपूर्वी राष्ट्रहरुमा अमेरिकाले लादेको भयानक युद्धले अन्तरविरोध चर्काएको छ । र, ती अन्तरविरोधहरु प्रष्ट सतहमा आउन पुगेको छ । यी सबै घटनाक्रमहरुले सिंगो बिश्वलाई नै धु्रविकृत गरेको छ । यो धु्रविकरण निगम पूँजीवाद (जसको नेतृत्व अमेरिकाले गरेको छ) र, त्यसले लादेको शोषण हस्तक्षेपको कट्टर बिरोध गरीरहेका अन्य राष्ट्रहरुका बीचमा छ । अमेरिकाले निगम पूँजीवादको नेतृत्व गरेको छ भने चीन, रुस, उत्तर कोरिया, भेनेजुयला र मध्यपूर्वी देशहरु त्यसको विपक्षमा उभिने स्थिति बनेको छ ।

तथापि समस्या कहाँ छ भने विपक्षमा उभिने राष्ट्रहरुमा तात्कालिक संकट थेग्ने, तत्काल प्रतिरोध गर्ने त्यसको विरोधमा धारणा सार्वजनिक गर्ने मात्र काम भएको पाइएको छ । महाशक्ति भनिएका चीन, रुस, उत्तरकोरिया क्रान्तिकारी पहल मार्फत अहिलेको अवस्थामा आइपुगेका राष्ट्र भए पनि मार्कसवादको ब्याख्या र प्रयोग, विश्व अन्तरविरोधको सही पहिचान र त्यसको माक्र्सवादी दृष्टिकोणबाट समाधान, दलाल पूँजीवादको अन्त्यपछि स्थापना हुने वैज्ञानिक समाजवाद र साम्यवादी दुनियाँको बिषय, बिश्वभरिका जनताहरुको बीचमा पैदा भएको चरम अभाव र त्यसले माग गरिरहेको विकल्प, विश्वभरीका जनता र राष्ट्रहरुमाथि लादिएको साम्राज्यवादी कर्पोरेट शोषण यस्ता बिहङ्गम बिषयमा यी ठूला शक्तिशाली राष्ट्रहरुले बहस गर्न भने सकेको पाइन्न ।

त्यसो त पूँजीवादी कोणबाट माक्र्सबाद सर्वसत्तावादी छ यसमा लोकतान्त्रिक मान्यता छैन भन्ने ढंगबाट कयौं रचनाहरु गरिए । ग्राबिया ए. अल्माण्ड, हन्ना आन्र्ट, फर्नान्डो केभडिन, फिलिप सेलजेनिक, जेकब ताइमन, जोशेफ सुम्पटर लगायतले मार्कसबादको आलोचना गरे । यसको निरन्तरता फ्रान्सिस फुकुयामाको त्जभ भलम या जष्कतयचथ बलम तजभ बिकत mबल (ज्ञढढद्द सम्म दोहोरिरहे । १९५० पछि अफ्रिका र एसियाली मुलुकहरुमा माक्र्सवाद उपनिबेसबिरुद्धको संघर्षको रुपमा प्रस्तुत भयो । भियतनाम, अङ्गोला, मोजाम्बिक यसका उदाहरण हुन । २०औं शताब्दीतिर आइपुग्दा माक्र्सबादको बिश्वब्यापी प्रभाव कमजोर बन्दै गयो । सोभियत संघको बिगटन भयो । चीनको समाजवाद पनि पूँजीवादमै गएर टुङ्गियो । अन्ततः समाजवादी सत्ताहरु पूँजीवादमा गएर पतन हुन पुगे । यद्यपि यतीबेला विश्व परिस्थितिमा ठूलो बदलाव आएको छ । आज पूँजीवादी उत्पादन सम्बन्धको ठाउँमा दलाल निगम पूँजीवाद (जसले पूँजीवादी उत्पादन सम्बन्धलाई समेत शोषण गरिरहेको छ) हाबी भएर आएको छ । परिवेश यस्तो बन्दै गएको छ कि पर्यावरणीय संकटको समाधानको निम्ती पूँजीवादको अन्त्य गरेर दुनियाँलाई नयाँ ठाउँमा लैजाने समाजवाद–सााम्यवादमा जान आवश्यक छ भन्ने निष्कर्षमा विश्वभरीका विज्ञ बुद्धिजीवीहरु पुग्दै गएको पाइन्छ । तसर्थ, आजको बिश्वमा फेरि माक्र्सबाद माथि गहन अध्ययन शुरु भएको छ यो सुखद् छ । यद्यपि माक्र्सवादको कार्यान्वयनको पाटोमा निरन्तर लागिरहेका हामी मालेमाबादीहरुले व्यवहारमा परिक्षित भइरहने र निरन्तर लागीरहने कुरा नै मुख्य छ र हुन्छ ।

यसरी हेर्दा के विश्वमा विचार बिकासको सन्दर्भमा संकट परेकै हो त ? स्टेफन हकिङ्ग्सले भने जस्तै समाज विज्ञान मर्दै गएको हो त ? माक्र्सले भनेको जस्तै दुनियाँ बुझेर पनि बदल्ने बिचार र पहलबाट विश्व समुदाय बिमुख हुँदै गएकै हो त ? यी गहन प्रश्नहरु अनुत्तरित बनिरहेका छन् । यसको सही जवाफ माक्र्सवादी दृष्टिकोण, यसको प्रयोग र त्यहाँबाट पैदा हुने बिधि र बिचारको सम्मुख छ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन । यद्यपि बिचार बिकासको यो खडेरीमा नेपाल जस्तो मुलुकबाट विश्वको संकट हल गर्न सकिने बिचार र बिधिको बिकास हुन खोज्नु, यसको परीक्षण हुँदै जानु सँगै यसले उद्घाटित गरेका तथ्यहरु एकपछि अर्को गर्दै पुष्टि हुँदै जानु सुखद् छ । जो नेपालमा एकीकृत जनक्रान्तिको नाममा परिक्षित भइरहेको छ ।

विश्वमा रहेको करिब आठ अर्ब जनसंख्या तीव्र वृद्धिको क्रममा छ । यो जनसंख्यालाई निकट भविष्यमै बसोबास, खाद्यान्न, पानि, इन्धन पर्यावरणका क्षेत्रमा गम्भीर संकट उत्पन्न हुनेछ । जसकारण यो विश्वलाई एउटै राष्ट्रमा बदल्दै शोषणरहित, विभेदरहित राज्यको निर्माण गर्दै विश्वभरिका जनताहरुलाई राख्नुपर्ने आवश्यकता नजिक हुँदै गएको बिज्ञहरुको बुझाइ रहन थालेको छ । स्टेफन हकीङ्गसले त विश्वव्यापी सरकारको आवश्यकता नै औंल्याए । कार्लमाक्र्सले समाज बिकासको बिज्ञानमा त्यसका चरणहरु बताउँदै उहाँले पूँजीवादलाई निषेध गर्दै समाजवाद स्थापना हुने र त्यही समाजवाद नै साम्यवादको ढोका भएकाले त्यसपछि दुनियाँ साम्यवादमा प्रवेश गर्ने छ भन्नुभयो । माक्र्सले भन्नुभएका बिषयहरु समाज बिज्ञानमा एकपछि अर्को गर्दै पुष्टी हुँदै गइरहेका छन् । साच्चिकै शोषणरहित समाज, जातविहीन, वर्गविहीन, धर्म विहीन, राष्ट्रविहीन अवस्थामा मानिसहरु सुखी सम्पन्न र खुशीले जीवन बिताउने सुन्दर व्यवस्थाको उहाँले कल्पना गर्नुभयो । आजको मितिमा तथ्यहरुले पनि यी कुराहरुलाई पुष्टि गर्दै लगेको छ । र यो विश्वको अनिवार्य आवश्यकता बनेको छ ।

आजको विश्वमा विद्यमान पूँजीवादी संकटको एकमात्र हल वैज्ञानिक समाजवाद हुनसक्छ । विश्वका महाशक्ति राष्ट्रहरुसँग रहेको पूँजीवादी उत्पादन सम्बन्ध र त्यसबीचमा पैदा भएको धु्रविकरण र विभिन्न स्वरुपका जारी युद्धहरु विश्वको उपयुक्त व्यवस्थापनका विधि हुन सक्दैनन् । त्यसैले त्यहाँ बिचार बिकासको अभाव भइरहँदा नेपालमा परीक्षणको क्रममा रहेको एकीकृत जनक्रान्ति र यसले ब्याख्या गरेका हरेक पक्षहरुको सफलताले बिश्वमै नयाँ हलचल पैदा गर्नेछ । विश्वलाई नै यसले बिचार समृद्धिको निम्ति बहसमा तान्नेछ । र दुनियाँलाई नयाँ ठाउँमा लान नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ । यसरी विश्वमा पैदा भएको बिचार बिकासको अभाव र चीन, रुस जस्ता राष्ट्रहरुमा समाजवादी क्रान्तिमाथि भएको प्रतिक्रान्ती र त्यसले निम्त्याएको वैचारिक सन्नाटाको विश्व आकाशमा नेपालबाट उदाएको क्रान्तिको चम्किलो ताराले विश्वलाई वास्तविक तथ्यहरुको नजिक मात्र लाने छैन । यसले कम्युनिष्ट विश्वदृष्टिकोणको तथ्यहरुलाई थप मजबुद बनाउने छ र बिश्वका ९७ प्रतिशत जनतालाई आकर्शित गर्नेछ । हामीले एकीकृत जनक्रान्तीको कार्यदिशा र हाम्रो आन्दोलनलाई त्यो उचाईबाट हेर्न आवश्यक छ ।

यी माथि चर्चा गरिएका बिषयहरुको भावको आधारमा पंक्तिकार के भन्न खोजिरहेको छ भने बिश्वमा पैदा भएको पूँजीवादी संकटको समाधान दिन सक्ने मालेमावादी बिचार, दृष्टिकोण, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभव र नेपाली क्रान्तिले सिकाएको पाठको बिचैबिच हुर्किएको एकीकृत जनक्रान्तिलाई अगाडि बढाउने जिम्मेवारी र दायित्व सामान्य छैन । र यसलाई कम आँक्नु बुद्धिमानी हुन्न । यो हाम्रो निम्ति गौरबको बिषय हो । बिश्व पूँजीवादको दबदबा नेपालमा उल्लेख्य मात्रामा छ । त्यसो हुँदा त्यो सँग भएका त्यसका सबै अङ्ग प्रत्यङ्ग र संयन्त्रहरुसँग लड्नु अनिवार्य कर्तव्य हो र त्यो बाट कोही भाग्नु हुन्न । त्यसका विरुद्ध जमेर डटेर लड्नु पर्दछ । यतिबेला क्रान्तिको प्रक्रिया चलेको छ यसमा क्रान्तिकारीहरुले धर्मराउनु हुन्न ।

माक्र्सले एउटा सन्दर्भमा भन्नुभएको छ– ‘क्रान्तिको बिकास बनाएको बाटोबाट हुन्न, यसको बिकास यसले खुद बाटो बनाएर अघि बढ्दा मात्र सम्भव छ ।’ क्रान्ति सरल रेखाबाट होइन यो बक्र रेखा भएर गुज्रन्छ । क्रान्ति कठिन प्रक्रिया हो, यहाँ दमन जेल नेल, हत्या सबै पचाएर दुश्मनबिरुद्ध निरन्तर लडिरहनु पर्दछ । क्रान्ति काँडै काँडामा टेकेर हिँड्नु पनि हो, क्रान्ति खुकुरीको धारमा खुट्टा राखेर हिँड्नु पनि हो । क्रान्ति निर्मम हुन्छ, कठोर हुन्छ यो प्रक्रिया कठिन अवस्थाबाट गुज्रन्छ ।

किनकि यो संसदीय सत्ता खोसेर श्रमशील जनताहरुले आफ्नो नियन्त्रणमा लिने प्रक्रिया पनि हो । क्रान्तिमा बलिदानलाई सहर्ष स्वीकार गरिन्छ । हरेक क्रान्तिकारीहरु मृत्युलाई जितेर मृत्यु पत्रमा हस्ताक्षर गरेर हिँडिरहेका हुन्छन् । आफैलाई पड्काउन सक्ने आफ्नै टाउकोमा राँको सल्काउन सक्ने दृढता क्रान्तिकारीसँग हुन्छ । क्रान्तिकारीले बिश्वभरका प्रतिक्रियावादीहरुसँग जुध्नुपर्ने हुन्छ । यी सबै बिषयहरु बुझेर हो या नबुझेर ? क्रान्तिकारी रोमान्टिजम हो या अन्य केही ? दृष्टिकोणमा समस्या भएर हो या अन्य केही ? पार्टीका केही नेता कार्यकर्तामा एक प्रकारको आत्मसुरक्षावाद देखिन थालेको छ । सम्भवतः यो दुश्मनको दमनले निम्त्याउने सम्भावित कष्ट सम्झिएर डर सिवाय केही होइन । यो के हो ? छलफल र समीक्षा आवश्यक भएको छ :

१. दृष्टिकोणमा समस्याः

ऐतिहासिक भौतिकवाद समाज बिकासका सामन्य नियमहरुको बिज्ञान हो । यो समाजलाई भौतिकबादी ढंगले हेर्ने, बुझ्ने, ब्याख्या गर्ने र बदल्नको निम्ति निर्देशित गर्ने मालेमाबादी विश्व दृष्टिकोण हो । यही मुख्य दृष्टिकोणबाट बिमुख भयौं भने हामीले समाजलाई ठीक तरिकाले बुझ्न सक्दैनौं, ब्याख्या सही तरिकाले गर्न सक्दैनौं र बदल्न सकिन्छ भन्ने कल्पना गर्न सक्दैनौं । हाम्रो पार्टीभित्र बसेर पार्टी छोडेर हिँड्नेहरुमा यही समस्या देखिन्छ ।

उनीहरु दुनियाँलाई थोरबहुत बुझ्ने स्थितिमा थिए, ब्याख्या सही ढंगले गर्ने अवस्थामा थिएनन् र बल प्रयोगबाटै दुनियाँ बदल्न सकिन्छ भन्ने मान्यताबाट च्युत हुँदै बदल्ने कल्पनासम्म गर्ने अवस्थामा खुट्टा कमाउन पुगे । मुख्य दृष्टिकोण प्रति भरोसा, लगाब, दृढ बिश्वास चाहिन्छ यसको स्थानमा के हो ? हुन्छ कि हुन्न ? जस्ता धरमर धारणा र स्वःमान्यता तयार गरेर क्रान्तिबाट भाग्नु आत्मसुरक्षावाद हो । दुनियाँलाई बुझ्ने, बदल्ने बदलेको दुनियाँको रक्षा र बिकास गर्ने हाम्रो दायित्वलाई दह्रोसँग बुझ्न नसक्दा बिचलनका समस्याहरु आउँछन् ती आइरहेका छन् । यो स्थिति अझ आउनेवाला छ र यो आउनु पर्छ । जनताले सही, इमान्दार नेता वर्ग संघर्षको कठिन प्रक्रियाबाटै प्राप्त गर्नुपर्छ ।

२. निम्न पूजीवादी अधैर्यताः

एकातिर पूँजीवादीहरुसँग संघर्ष गर्नुपर्ने अर्कोतर्फ आफ्नो निजी सम्पत्ति बढाउने चाहना पनि रहने बिरोधाभाषपूर्ण चरित्र निम्न पूँजीवादसँग रहेको हुन्छ । यसै कारण निम्न पूँजीवादीहरु अधैर्य हुन्छन् । निम्न पूँजीवादी चिन्तन र चरित्र भएकाहरु पूँजीवादसँग संघर्ष गर्नुपर्ने भएकै कारण उनीहरु कम्युनिष्ट पार्टीमा सामेल हुन आई पुग्छन् ।

ब्यक्तिवादी जीवन, सामुहिक अनुशासन पालना गर्न नसक्ने जीवन व्यवहार, मालेमावादी सिद्धान्तलाई सही तरिकाले बुझ्न नसक्ने अवस्था, जनताको चेतना अभिबृद्धी गर्दै क्रान्तिकारी लाइनमा ल्याउनेभन्दा कसरी छिटो नेता बन्न सकिन्छ, कसरी ब्यक्तिगत सम्पत्ति जोड्न सकिन्छ भन्ने ध्याउन्नमा हुन्छन् र उनीहरु उग्र क्रान्तिकारीता देखाउन पुग्छन् । परिणामतः उग्र बामपन्थी भड्काव या दक्षिणपन्थी संशोधनवाद अन्ततः आत्म समर्पणवादमा पुग्छन् । र, अनेकौं निहुँ बनाएर पार्टीबाट भाग्ने गर्छन् ।

निम्न पूँजीवादी चिन्तनले ग्रसित मस्तिष्कहरु, पात्रहरु र त्यहाँबाट स्थापित हुँदै गएको प्रवृत्ति खासमा आत्मसुरक्षावाद हो । यही प्रवृत्ति आज सल्बलाइरहेको छ, सम्पत्तिको भोक, लालच र ब्यक्तिवादले आत्मसुरक्षाको अवस्थामा पु¥याएकाहरु क्रान्तिका निम्ति घातक हुन्छन् । यसको सही पहिचान गरेर यस्तो प्रवृत्तिलाई सबै कमिटीहरुमा टाउको उठाउन दिनुहुन्न ।

३. उच्च महत्वकांक्षा :

कुनै खास बिषयलाई महत्व दिएर सो प्राप्तिको आकांक्षा राख्नु महत्वकांक्षा हो । मानिसमा महत्वकांक्षा हुन जरुरी छ । महत्वकांक्षा कुनै विशेष खास उद्देश्य प्राप्तिका निम्ति अनिवार्य छ । तर उच्च महत्वकांक्षा हुनु सही होइन । असम्भव भन्ने त केही हुन्न, तर सम्भव साबित हुने क्षेत्रहरूमा पनि आकांक्षालाई बढवा दिएर तुरुन्त आफूलाई त्यहाँ समाबिष्ट गर्नुले मूल उद्देश्यलाई घाटा पु¥याउँछ । जस्तै संगठनमा आफूलाई छिट्टै माथि पु¥याउन खोज्नु, छिट्टै अधिक लाभ लिन खोज्नु उच्च महत्वकांक्षा हो । यसले संगठनको पुरानो र नयाँ पक्षलाई निषेध गर्छ ।

पुरानो पक्ष इतिहास हो, यसले इतिहासको सम्मान पनि गर्न सक्दैन र नयाँ पक्ष वर्तमान हो जसलाई उत्साहित पनि गर्न सक्दैन । उच्च महत्वकांक्षी ब्यक्तिमा आत्मकेन्द्रीत ब्यक्तिवादले घर गरेको हुन्छ यो निम्न पूँजीवादी प्रवृत्तिकै अर्को रुप हो । यसले ब्यक्तिलाई बिसर्जनतिर लान मद्दत गरेको हुन्छ । छिट्टै नेता बन्नु प¥यो, छिट्टै माथि पुग्नु प¥यो, पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य भइहाल्नु प¥यो जस्ता असन्तोकी मानसिकता यो प्रवृत्तिसँग रहेको हुन्छ । र, त्यसो हुन नसक्दा पार्टी परित्याग गर्ने, अर्को पार्टी चहार्न पुग्ने, आन्दोलनबाट भाग्ने जस्ता बिचलन देखिन पुग्छ । त्यसैले उच्च महत्वकांक्षाले पार्टी र आन्दोलनलाई फाइदा होइन यसले क्षयिकरण गर्दै लाने हुन्छ । त्यसकारण यो प्रवृत्ति आन्दोलनको बिरोधी प्रवृत्ति हो । यस्ता प्रवृत्तिको उचित पहिचान गर्दै यसलाई मौलाउन नदिनु आवश्यक छ ।

४. भयवादः

भय भन्नाले डर र वाद भन्नाले बिचार भनेर बुझिन्छ । यसको अर्थ भय सम्बन्धीको बिचार । भयवादले डसँगको बिचार लिएर आएको हुन्छ । जब भयवादको आँखाबाट जीवन र जगतलाई हेर्न थालिन्छ तब जताजतै डर छाउन थाल्छ । यसले माक्र्सबादलाई समेत भयमय देख्न पुग्छ । भयका धेरै श्रोतहरु छन् ती मध्य लोभ, युद्ध पनि पर्दछन् । जब मानिसमा लालच बढ्न थाल्छ, त्यहाँ स्वतः भय अर्थात् डरले प्रवेश पाउँछ ।

त्यस्तै युद्ध, चाहे त्यो न्यायका लागि गरिने युद्ध होस् या अन्यायपूर्ण युद्ध त्यहाँबाट पनि भय प्रवेश गर्दछ । यसरी हेर्दा आत्मसुरक्षावादको अर्को कारण भय अर्थात् डर पनि हो भन्न सकिन्छ । आत्मसुरक्षावाद भनेको आफूलाई सुरक्षित गर्ने बिचार हो । जब मानिसमा डर, भय, त्रास पैदा हुन्छ त्यहाँ स्वतः आफ्नो सुरक्षाको बारेमा सोच्ने अवस्था बन्छ । यो अझ ब्यक्तिकेन्द्रीत आत्मसुरक्षाबादको रुपमा अभिब्यक्त हुन पुग्दछ । यसले मानिसलाई बिचलित गराउँदछ अन्ततः मुख्य दृष्टिकोणबाट बिमुख गराउँदै खुट्टा कमाउने अवस्थामा पु¥याउँदछ र मान्छे आन्दोलनबाट भाग्न पुग्छ ।

निष्कर्षः

हामी संघर्षमा छौं । कुनै पनि मूल्य चुकाएर दुश्मनका सबै संयन्त्रमाथि बिजय पाउँदै बैज्ञानिक समाजबादी सत्ता स्थापना गर्नु हाम्रो मुख्य कार्यभार हो । हाम्रा दुई प्रमुख जिम्मेवारी दुनियाँलाई बुझ्ने र बदल्ने हुन् साथै त्यसको बिकास र रक्षा गर्नेमा पनि हामी सचेत हुनुपर्छ । हामी सोही बिश्व दृष्टिकोणको आधारमा आफूलाई उभ्याउँदै आइरहेका छौं । यतिबेलाको राष्ट्रिय आवश्यकता पनि यही हो कि सानातिना, झिनामसिना लालच, लोभमा नफँसी राष्ट्र र जनताको अधिकार र मुक्त जीवनको निम्ति संघर्षमा जमेर लाग्नु । हजारौं शहीदहरुको रगतबाट उठेको सपना, आम उत्पीडित जनताहरुको चाहना र सपनाको बीचबाट पैदा भएको हाम्रो आन्दोलन र हामीले लिएको कार्यदीशा नेपालको लागि मात्र होइन यसले बिश्वभरका जनतालाई नयाँ ठाउँमा लान मद्दत गर्नेछ । हामीले त्यो जिम्मेवारी उठाइरहेका छौं, हामीसँग दुनियाँलाई बदल्ने जिम्मेवारी छ । अर्थात् हाम्रो आन्दोलन स्वयम्मा एउटा विशाल जिम्मेवारी हो जसले बिश्वमा पैदा भएको बिचार संकटको घेरालाई तोडेर दुनियाँलाई बैज्ञानिक समाजवाद साम्यवादको निम्ति अपिल गर्नेछ ।

अर्कोतर्फ आन्दोलनमा सहभागी भएका धेरै पात्रहरु भटाभट आन्दोलन छोडेर हिँडिरहेका छन् । फेरि क्रान्तिको भिषण प्रक्रियामा यो हुँदैन भन्ने होइन यो स्वभाविक हुन्छ । मोहन बैद्य किरणले एउटा सन्दर्भमा भन्नुभएको छ ‘संघर्षको चरणमा अवसरवादीहरु मुसा झैं दुला पस्छन् र जब–जब क्रान्तिले उचाइ हासिल गर्छ, सहज हुँदै जान्छ सबैभन्दा अगाडि फेरि तिनै दुला छिरेका मुसा जस्ता अवशरवादीहरु आइपुग्छन् ।’ क्रान्तिको प्रक्रिया सहज छैन, यो घीऊ र भात खाए जस्तो सजिलो बिषय होइन, यहाँ बलिदान गर्नुपर्छ, बलिदान गौरवको बिषय हो । सम्भवतः यतिबेला क्रान्ति छोडेर भागिरहेकाहरुमा क्रान्तिको यो निर्मम प्रक्रियालाई सहन गर्न सक्ने सामथ्र्य रहेन होला । जसकारण खुट्टा कमाउने अवस्था सृजना भयो, धरमराउने अवस्था आयो ।

अन्ततः आन्दोलनबाट भाग्नेसम्मको स्थिती बन्यो । यतिबेला क्रान्तिको यो ऐतिहासिक जिम्मेवारीलाई मनन गरेर जनताको बीचमा उठेको बिद्रोहको नेतृत्व गर्नुपर्ने पात्रहरुमा देखिएको बिचलन सही छैन । यो त इतिहास पनि हो र अर्कोतर्फ आफ्नै जीवनमाथिको प्रश्न पनि हो । आगामी दिनहरुमा यसको जवाफ कहाँ–कहाँ उभिएर दिने हो त्यो पनि छ । भागेर हुन्न दह्रोसँग खुट्टा टेकेर जनताको भरोसा बन्न सबै तयार हुनुपर्दछ ।

(पौडेल नेपाल कम्युनिष्ट पार्टी झापाका इञ्चार्ज हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here