प्रविधिमैत्री शिक्षणमा जोड दिन शिक्षक कर्मचारीलाई ल्यापटप वितरण

0
901

भोजपुर, 

भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालय टक्सारले प्रविधिमैत्री शिक्षणमा जोड दिएको छ ।

त्यसका लागि विद्यालयले कम्प्युटर प्रयोशालाको स्थापना गरेको छ भने विद्यालयका २८ शिक्षक तथा कर्मचारीलाई आज ल्यापटप वितरण गरेको छ ।पठनपाठन प्रभावकारी बनाउन प्रदेश सरकारको छ लाख ५० हजारसहित १६ लाख १० हजार रुपैया बराबरको ल्यापटप वितरण गरिएको हो ।

यसले पठनपाठनमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताउनुभयो ।विद्यालयको हरक्षेत्रको विकासका लागि सहयोगको लागि आग्रह गरिएको विद्यालय व्यवस्थान समितिका अध्यक्ष रमेश शाक्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी विद्यालयको सबै क्षेत्रको विकासमा लागेका छौँ ।” त्यस्तै आज नै विद्यालयको चार कोठे पक्की भवन र ई–हाजिरीको समेत उद्घाटन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here