बिर्तामोड।
झापाको बिर्तामोडमा रहेका उद्योगमा अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा, राष्ट्रिय उपभोक्ता मञ्च , बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी उद्योग र पाउरोटी फ्याक्ट्रीको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा दीपीका पाउरोटी फ्याक्ट्री र सात्वत पानी उद्योगले अनुज्ञा पत्र नलिएको पाइएपछि तत्काल अनुज्ञा पत्र लिन निर्देशन दिइएको छ । पाउरोटी फ्याक्ट्री मदन राजवंशी र पानी उद्योग रमेशराज उपाध्याय तथा आनन्द आचार्यले सञ्चालन गरेको बताइएको छ ।
वजारमा अखाद्य बस्तु बिक्री हुने गरेको गुनासो बढेसंगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन शुरु गरेको हो । अनुगमनका लागि कार्यालयका खाद्य निरीक्षक भरत पुरी, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि लक्ष्मीप्रसाद वास्कोटा, राष्ट्रिय उपभोक्ता मञ्चकी सदस्य शीला उप्रेती , सम्वद समूह झापाका प्रतिनिधि, सञ्चारकर्मी सहभागी थिए ।