बिर्तामोड।
सर्पको डसाईबाट झापामा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गाउँपालिका – २ निवासी १३ वर्षीया कौशिला राजवंशी रहेकी छिन् । उनलाई वुधवार राति सर्पले डसेको बताइएको छ ।
कुवाडी देवी माविमा कक्षा ६ मा अध्ययनरत वालिकाको सर्प दंशका कारण राति नै निधन भएको सिमलवाडी आधारभूत विद्यालयकी शिक्षक तलु वास्केले जानकारी दिनुभयो ।
बालिकालाई राति सर्पले डसेपनि मुसाले टोकेको भन्दै बसेको र अस्पताल लान ढिलाई गर्दा उनको मृत्यु भएको शिक्षक वास्केले बताए ।