वृद्धवृद्धालाई सम्मान

0
1406

बिर्तामोड।

पराजुली समाज नेपाल बिर्तामोड नगर समितिले एक कार्यक्रमकाबीच वृद्धवृद्धालाई सम्मान गरेको छ ।

समाजले परोपकार तथा अनुसन्धानमा केन्द्रद्वारा सञ्चालित वृद्धाआश्रममा रहेका ३० जनाभन्दा बढी वृद्धवृद्धाहरुलाई सम्मान गरेको हो ।

बाबुको मुख हेर्ने दिनका रुपमा रहेको कुशे औंशी तथा तीजको अवसर पारेर वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खानेकुरा खुवाउनुका साथै फलफूल वितरण गरेर सम्मान गरेको समाजका सचिव नारायणप्रसाद पराजुलीले जानकारी दिए ।

ज्येष्ठ नागरिक भनेका ज्युँदा देवता भएकाले उनीहरुलाई सदैव सम्मान गर्नु कर्तव्य रहेको भन्दै समाजले पहिलो पटक उक्त कार्यक्रम गरिएको उनले बताए ।

पराजुली समाज नेपाल बिर्तामोड नगर समितिका अध्यक्ष गणेशप्रसाद पराजुलीको अध्यक्षता तथा समाजका झापा उपाध्यक्ष काशीनाथ पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कुन्ता पराजुलीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा धनकुमारी पराजुली, प्रकाश पराजुली, प्रतिक्षा पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समाजका बिर्तामोड सचिव नारायणप्रसाद पराजुलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here