भारतलाई चुनौती दिँदै पाकिस्तानले गर्‍यो ब्यालेस्टिक मिसाइल परिक्षण

0
612

एजेन्सी।

भारतले आफ्नो अधिनमा रहेको जम्मू–काश्मिरको स्वतन्त्रता खोस्दै केन्द्र शासित बनाएसँगै पछिल्लो समय भारत र पाकिस्तानबिचको तनावले उग्र रुप लिएको छ ।

भारतसँगको तनावका बीच पाकिस्तानले गर्‍यो ब्यालेस्टिक मिसाइल परिक्षण गरेको छ । बिबिसीका अनुसार पाकिस्तानले बिहीबार गज्नाभी नामक ब्योलेस्टिक मिसाइल सफलतापूर्वक परिक्षण गरेको हो ।

जमिनबाट २९० देखि ३२० किलोमिटर टाढासम्म मार हान्ने क्षमता रहेको मिसाइल परिक्षण गरे लगत्तै भारतीय संचार संस्थहरुले मुख्य पृष्ठमा खबर प्रकाशित गरेका छन् ।

यस परिक्षणका लागि पाकिस्तानले आफ्नो कराची एयर स्पेस ३ दिनको लागि बन्द गरेको बिबिसीले उल्लेख गरेको छ । यस क्रममा पाकिस्तानले आफ्नो नौसेनालाई अलर्ट जारी गर्नुका साथै कराचीको तीन वायु मार्ग समेत बन्द गरेपछि मिसाइल परिक्षण गरेर भारतलाई आँफु पनि कम नभएको संकेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here