९ वर्षकी छोरीको निधनले भावविह्वल बने बार्सिलोनाका पूर्व प्रशिक्षक

0
591

एजेन्सी ।

पाँच महिनादेखि हड्डीको क्यान्सरबाट पीडित स्पेन तथा बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इन्रिकेको छोरी साना मार्टिनेजको मृत्यु भएको छ ।

९ वर्षकी साना मार्टिनेजको निधनबारे प्रशिक्षक इन्रिकेले सामाजिक संजाल ट्वीटरमा जानकारी दिँदै निकै भावुक सन्देश लेखेका छन् ।

छोरी निधनले निकै भावविह्वल बनेका उनले ट्विट गर्दै भनेका छन् तिमीलाई हामी धेरै सम्झन्छौं । हामी हाम्रो जीवनको हरेक दिन तिमीलाई याद गर्नेछौं । आशा छ हामी फेरि भेट्नेछौं ।

ट्विटमा इन्रिकेले छोरीको उपचारमा अहोराज्ञ खटेका चिकित्सकको टोलीलाई हृदयदेखि आभार ब्यक्त गरेका छन् । जुन घटनाले बार्सिलोनासँग आवद्ध क्यक्तिहरु निकै नै भावविह्वल बनोका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here