भगवतीको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

0
993

सुरुङ्गा

कनकाई–५ चप्रामारीस्थितभगवतीआधारभूतविद्यालयको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकगरिएको छ ।

बिहीबार विद्यालयव्यवस्थापन समितिकाअध्यक्षअध्यक्षओमप्रसाद पाठकको अध्यक्षतार कनकाई नगरपालिकाका उपप्रमूख मञ्जु प्रसाईँको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका वीच सो प्रतिवेदन सार्वजनिकगरिएको हो । विद्यालयको आ.व २०७५÷०७६को सामाजिक परीक्षण प्रतिवेदनसार्वजनिकप्रतिवेदन सामाजिक परीक्षण समितिका सदस्यसचिव राजेन्द्रप्रसाद भण्डारीले सार्वजनिक गरेकाथिए ।

सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकपछि दोस्रो चरणमातीजमिलनकार्यक्रम सम्पन्नभएको थियो । तीज मिलन कार्यक्रमका संयोजकनिर्मला सेलवालको अध्यक्षतामाभएको कार्यक्रममाकनकाई नगरपालिका वार्ड नं. ५ र झापागाउँपालिका वार्ड नं. ६ का५ वटा कीर्तन मण्डली र युवा परिवारको  संयुक्त आयोजनामा प्रतिस्पर्धात्मक सांगीतिक कार्यक्रम सम्पन्नभएको थियो ।

सुनौलो युवा परिवार, आत्माजागृतिकीर्तन मण्डली, पञ्चकन्या देवीकीर्तन मण्डली, कनकाई कीर्तन मण्डली, एकताकीर्तन मण्डली र मनकामनाकीर्तन मण्डलीको आयोजना रहेको उक्तप्रतियोगितात्मक नृत्य कार्यक्रममाप्रथमत्रिवेणी महिला समूह, द्वितीयआत्माजागृति कृतन मण्डली परिवार र तृतीय मेनुका भट्टराई भएकाथिए । साथै सान्त्वना स्थानकल्पना पाठकले प्राप्त गरेकीथिइन् । प्रथम पुरस्कार १ हजार, द्वितीय पुरस्कार ७ सय , तृतीय पुरस्कार ५ सय र सान्त्वना पुरस्कार ३ सय नगदप्रदानगरिएकोथियो । सो प्रतिष्पर्धाको निर्णायकमा हरिप्रसाद सेलवाल, विष्णुप्रसादओली र प्रकाश पाठक रहेका थिए ।

उक्तकार्यक्रममाकनकाई–५ का वार्ड अध्यक्ष कृष्णबहादुर राई, भगवतीआधारभूतविद्यालयका प्र.अ खड्गप्रसादबिमली, समाजसेवीहरु गोकर्ण ओझा, पुण्यप्रसादओझा, नेत्रप्रसादचिमरिया, ज्ञानबहादुर राईलगायतको आतिथ्यरहेको थियो ।उक्तकार्यक्रममापिताऔँसीको अवसर पारेर चप्रामारीका ५२ जनाज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।
अप्सरा पोखरेलले स्वागत गरेकोकार्यक्रमको संचालनशिक्षकहरु कमलाथपलिया र धनमायाँश्रेष्ठले संयुक्त रुपमा गरेकाथिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here