ग्रामिण समाजद्वारा पिता सम्मान

0
406

सुरुङ्गा ।

कनकाई–३ नयाँबस्तीस्थित ग्रामिण विकास सेवा समाजलेपितातीर्थ औसीको अवसर पारेर१९ जनापिताहरुलाई सम्मान गरेको छ ।

समाजले आफ्ना अग्रजहरुको आशिर्वाद लिनकालागि हरेक वर्ष पिता तथा माताहरुको सम्मान गर्दै आएको जनाएको छ ।
सम्मान कार्यक्रममा अग्रज साहित्यकार कोमलप्रसादपोखरेल, नेपालीकांग्रेसका नेता देउमान थेवे, सम्मानित व्यक्तित्व टीकाप्रसाद तिम्सिना लगायतले मन्तव्य राख्दै ग्रामिण विकास सेवा समाजको ज्येष्ठ नागरिकलाई सम्मानगर्ने कार्यक्रमको प्रशंसा गरेका थिए ।

अग्रजको सम्मान गरेर युवा पिढीलाई उत्कृष्ट नमुना प्रस्तुतगर्न खोजेको संस्थाकासचिवकुबेर शिवाकोटीले बताए । कार्यक्रममा सहभागीलाई समाजका उपाध्यक्ष दिव्या फुयाँलले स्वागत गर्नुभएको थियो । कार्यक्रमअध्यक्ष डिल्लीनारायण प्रधानको सभापतित्वमाभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here