किशाेरीकाे नक्कली फेसबुक आइडी बनाएर जथाभावी लेख्ने युवकविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

0
514

ओखलढुंगा ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एक युवाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ ।

चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा त्यसै ठाउँका युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन् ।

आत्महत्या गर्नुअघि ‘मेरो फेक आइडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरे मात्र मेरो आत्मालाई शान्ति मिल्नेछ’ भनेर लेखिएको सुसाइड नोट फेला परेको थियो ।

फेक आइडी प्रयोग गरेर आफूलाई बदनाम गराउनेमाथि कारबाही गर्न माग गरेको सुसाइड नोट र परिवारको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

मृतकका परिवारले फेक आइडी खोलेर बदनाम गराएर आत्महत्या दुरुसाहन गरेको उजुरी गरेपछि ‘ह्यान्डराइटिङ’ परीक्षण गराउँदा गोमाकै रहेको पुष्टि भएपछि मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको श्रेष्ठले बताउनुभयो । सुसाइड नोट प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो ।

युुवराजले गोमाको फोटो राखेर ‘सबैको बुढी म’ भन्ने नाम राख्दै बनाएको फेसबुक आइडी चलाएको स्वीकार गरेको प्रहरीको भनाइ छ । ओखलढुंगा जिल्ला अदालतमा दर्ता भएको आत्महत्या दुरुत्साहनको यो दोस्रो मुद्दा हो ।–उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here