मेची बोर्डिङ्ग स्कुललाई ब्रिटिश काउन्सिलको आइएसए अवार्ड

0
644

विनोद सापकोटा / झापा।

झापाको मेची ईलिस बोर्डिङ्ग स्कुलले ब्रिटिश काउन्सिलले प्रदान गर्ने अन्तराराष्ट्रिय स्कुल अवार्ड (आइएसए) पाएको छ । १ नम्बर प्रदेशका ४ वटा संस्थागत विद्यालयले अन्तराष्ट्रिय अवार्ड पाएको हो ।

नेपालका १ सय ५७ वटा स्कुलको प्रस्ताव काउन्सिलले स्विकृत गरेको थियो । तर, ४१ वटा स्कुलले मात्र अवार्ड जित्न सफल भए । मेची अञ्चलमा यो वर्ष अन्तराष्ट्रिय स्तरको अवार्ड पाउने झापाको माईधार स्थीत मेची ईलिंस बोर्डिङ्ग स्कुल मात्र हो ।

विश्वका ४१ वटा देशमा ब्रिटिश काउन्सिलले आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रत्येक वर्ष काउन्सिलले नेपालका विभिन्न विद्यालयलाई अवार्ड प्रदान गर्ने गरेको छ । काउन्सिलले २१ औं शताब्दीमा आवश्यक पर्ने व्यक्तित्वका विविध आयामलाई शिक्षा र सिपका माध्यमबाट बालबालिकामा स्थानान्तरण गर्ने उत्कृष्ट विद्यालयलाई अवार्ड प्रदान गर्ने गर्दछ । विद्यालयलाई मूल्याङ्कन गर्नु अघि काउन्सिलले विभिन्न कार्यक्रमको प्रस्ताव आह्वान गर्ने र उत्कृष्ट प्रस्तावहरुलाई स्वीकृत गरी कार्यक्रम गर्न अख्तियारी दिने गर्दछ ।

कार्यक्रम गर्न दिएका विद्यालयहरुमध्येबाट उत्कृष्ट छनौट गरी काउन्सिलले अवार्ड प्रदान गर्ने गरेको छ । प्रस्ताव स्विृकत भएका स्कुल मध्ये प्रस्ताव अनुसार कार्यक्रम सम्पन्न गरेको र उत्कृष्ट कार्य गरेको आधारमा ती मध्ये ४१ वटा विद्यालयलाई अवार्ड दिइएको मेचि ईलिस वोडिङ्ग स्कुलका प्रिन्सीपल भिम भट्टराईले बताए ।

प्राथमिक उपचार, साइबर क्राइम, धार्मिक स्थलको संरक्षण सम्बद्र्धन गर्ने तरिका, भूकम्पबाट हुने क्षति न्यूनिकरण, बाढी पहिरो लगायत प्राकृतिक प्रकोप र तीनबाट जोगिने उपाय, स्थानीय भाषा र तीनको संरक्षण, मौलिक पोशाक र पहिचानको सम्बद्र्धन, मौलिक खाना बनाउने तरिका, लागु औषधले मानव जीवनमा पुर्याने क्षती सम्बन्धीको शिक्षा र विद्युतीय साक्षरता सम्बन्धि प्रोजेक्टमा आइडल स्कुलका विद्यार्थीहरुले अध्ययन अनुसन्धान गरेका थिए ।

अवार्ड विजेता मेची ईलिस बोर्डिङ्ग स्कुल संग बेलायतको सेन्ट जोसेफ हाइ स्कुल, सेन्ट म्यारी प्राइमरी स्कुल, बंगलादेशको श्रीपुर गभर्मेन्ट हाइ स्कुल, पाकिस्तानको आर्मि पब्लिक हाइ स्कुल र गभर्मेन्ट गल्र्स हाइ स्कुलसँग मिलेर ह्वाट्सएपमा विचार आदान प्रदान गरेका थिए । यी कार्यहरु सम्पन्न गर्दा ब्रिटिस काउन्सिलले समय समयमा स्कुलमा नै आएर प्रत्यक्ष अनुगमन गरेको र रिपोर्ट बुझेका थिए भने सबै काम विद्यार्थीले गर्ने र शिक्षकले सहयोगीको भूमिका मात्रै निर्वाह गरेको पिन्सीपल भट्टराईले बताए ।

मेची स्कुलका विद्यार्थीले पाकिस्तानको राष्ट्रिय गीत गाउन सक्ने तथा पाकिस्तानको पार्टनर स्कुलले नेपालको राष्ट्रिय गीत गाउन सक्ने समेत भए । भट्टराईले नेपालको ठुलो चाड वडा दशैको महत्व र पर्व मनाउने तरिका पनी पाकिस्तान र चेक रिपव्लीकका विद्यालयले सिकेको बताए ।

अवार्ड विजेता स्कुलका शिक्षक तथा विद्यार्थीलाई काउन्सिलले बेलायतमा विशेष किसिमको तालिम समेत प्रदान गर्ने गरेको भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नेपालका आइडल विद्यालय विश्वका आइडल विद्यालय संग शिक्षण सिकाईका लागि आउने जाने गरेका छन ।

मेची ईंलिस वोर्डिङ्ग स्कुलले अवार्ड जित्दा आफ्नो स्कुलको मात्र नभइ मेची अंचलकै समेत गौरब बढेको महसुस भएको बताए । उक्त अवार्ड काउन्सिलले एक साता अघि काठमाडौमा आयोजित एक भव्य समारोहमा वितरण गरेको थियो । अवार्ड जित्न विद्यालयका शिक्षक शिक्षीकाको महत्व पुर्ण भुमिका रहेको भन्दै विद्यालय संचालन समितिले शुक्रबार विद्यालय हातामा एक कार्यक्रमको आयोजना गर्दे शिक्षक शिक्षीकालाई सम्मान गरेको छ ।

स्थानिय अभिभावक, सरोकार राख्ने निकायका प्रतिनिधी लगायतको सहभागीतामा शिक्षक शिक्षीकालाई सम्मान गरेको हो । सो अवसरमा शिवसताक्षी नगरका नगर शिक्षा अधिकारी शुरेन्द्र दाहालले मेचीले अन्तराष्ट्रिय स्तरको अवार्ड पाउदा नगरकै सामुदायीक तथा सस्थागत विद्यालयको शिर उच्चो भएको बताए । उनले यो खुसी नगरका अन्य विद्यालयलाई पनी बाढ्न विद्यालय परिवारलाई आग्रह गरे ।

विद्यालय संस्थापक एवं प्रिन्सिपल भीमप्रसाद भट्टराईको  अध्यक्षतामा भएको कार्यक्रममा आईएसए कोअडिनेटर रिसभशिह चहर, विद्यार्थी रक्षा देउजाले अवार्ड पाउनु पुर्वको अभ्यास र पाएपछीे जीवनको पहिलो खुसी भएको अनुभव सुनाए । सो कार्यक्रममा ध्रुवतारा अंग्रेजी माविका शिक्षक डम्वर खड्कालगायतले विद्यालय परिवारलाई वधाई ज्ञापन गरेका थिए । कार्यक्रमको स्वागत शुर्य अधिकारी र संचालन पदम कुँवरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here