पूर्व खेलकुद मन्त्री गणेश नेपालीको निधन

0
551

धनुषा,

राष्ट्रिय जनता पार्टी नेपालका नेता एवं पूर्वमन्त्री गणेश नेपालीको शुक्रबार निधन भएको छ ।

पूर्व खेलकुद मन्त्रीसमेत रहेका नेपालीले खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लामो समयदेखि क्यान्सर रोगबाट पीडित नेपालीको ७६ वर्षको उमेरमा शुक्रबार साँझ आफ्नै निवासमा निधन भएको बताइएको छ ।

उनले २०२७ सालमा नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा होमिएसँगै आफ्नो पुस्तैनी थर तिवारीको ठाउँमा नेपाली भन्न र लेख्न थालेका थिए ।

२०४४ सालमा नेपाली कांग्रेस महोत्तरीको जिल्ला सभापतिमा निर्वाचित उहाँ २०४६ सालको ऐतिहासिक जनआन्दोनलमा जिल्लाका मुख्य कमाण्डर बनेका उनी पछिल्लो समय राष्ट्रिय जनता पार्टीमा आबद्ध रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here