उदयपुर,
उदयपुरमा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएकाे छ । उदयपुरको रौतामाई गाउँपालिका-८ पाँबुमा पिङ खेलने क्रममा बालकको मृत्यु भएको हाे ।
आफ्नै घरमा साडिको पिङ बनाई पिङ खेल्ने क्रममा साडिको पासो लागि मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
बालककाे शब पाेस्टमार्टमका लागि अस्पताल लगिएकाे र घटनाबारे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।