प्रविधिमैत्री र समसामयिक शिक्षा सञ्चालन गर्न जोड

१५ भाद्र २०७६, आईतवार मा प्रकाशित

अर्जुनधारा,

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र प्यानमा दर्ता हुने विषयलाई लिएर नीजि विद्यालय सञ्चालकहरुमा देखिएको अन्यौल हटाउन प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीले आग्रह गरेका छन् ।

नीजि तथा आवासिय विद्यालय संगठन(प्याब्सन) अर्जुनधारा नगर समितिको शनिबार सम्पन्न प्रथम साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले सो आग्रह गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष उप्रेतीले प्रविद्यिमैत्री र समसामयिक शिक्षा सञ्चालन गर्न नसकेको खण्डमा मात्र विद्यालय बन्द हुने अवस्थामा पुग्ने बताए ।

समितिका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा समितिको सांगठनिक प्रतिवेदन अध्यक्ष सिटौलाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कुमार रायाले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा जम्मा आम्दानी पाँच लाख ८० हजार पाँच सय ५० रुपैयाँ, जम्मा खर्च छ लाख ४४ हजार पाँच सय २१ रुपैयाँ र बुझाउनुपर्ने दायित्व ६३ हजार नौ सय ७१ रुपैयाँ उल्लेख गरिएको छ ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य मोहनकुमार सुब्बा, प्याब्सन झापाका उपाध्यक्षद्धय अजय आले र रामहरि घिमिरे, सचिव जनार्दन ढकाल, कोषाध्यक्ष छत्र कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

समितिका उपाध्यक्ष बालगोपाल गौतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here