बिर्तामोड ।
बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर बिर्तामोडले दोस्रो बार्षिक उत्सब मनाएको छ।
वार्षिक उत्सवको अवसरमा चितवनका डा.निलकण्ठ उपाध्याय ,फिजियोथेरापिस्ट डा.भगवान शाह र आषिका तामाङ द्धारा निःशुल्क हाडजोर्नी ,नशा,पाइल्स,ग्यास्ट्रीक,दम तथा अन्य थुप्रै रोगहरुको परिक्षण गरिनुका साथै फिजियोथेरापी ,ल्याब र क्षारसुत्रमा विशेष छुट गरिएको प्रबन्धक नर्वदा भट्टराईले जानकारी दिइन् ।
सेन्टरले दुई बर्षको अबधिमा थुप्रै प्यारालाइसिस ,पाइल्स,नशा च्यापिएको,कुम जाम भएको,ग्यास्ट्रीक,सुगर ,प्रेसर,लगायतका बिरामी लाई पुर्ण रुपमा निको पारिसकिएको फिजियोथेरपिस्ट डा। भगवान शाहले बताए।
यस अवधिमा बिर्ताबजारका ज्ञानु गौतम नशा च्यापिएर आएका र उनी पुर्ण रुपमा निको भइ घर फर्किएको र इलाम घर भएका पदम बहादुर बस्नेत पनि पाइल्सको क्षारसुत्र बिधिबाट निको भइ फर्किएको बताइएकोछ ।
पाइल्सको पानी ट्याङ्कीमा उपचार हुन नसकेको र भएर पनि निको नभएको र आत्तिएर बसेका बिरामी लाई समेत बिर्ता आयुर्वेदका डाक्टरहरुले निको बनाउन सफल भएको बताइएको छ ।
दुई बर्षको अबधिमा आठ हजारभन्दा बढी हाडजोर्नी ,प्यारालाईसिस, नशा च्यापिएको लगायत लगभग पाच हजार भन्दा बढी र पाइल्स ,पिनास, ग्यास्ट्रीक, फिसर, फिस्टुला, तथा अन्य आयुर्वेदिक औषधि खानु पर्ने बिरामीको सफल उपचार गरिएको प्रबन्धक भट्टराईले जानकारी दिइन्।