बिर्तामोड।
पूर्वी नाका कांकभिट्टा क्षेत्रमा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी सक्रिय भएको छ । कांकरभिट्टा ट्राफिक प्रहरी पोष्टको जिम्मेवारीसम्हालेसंगै ट्राफिक प्रहरी नायव निरीक्षक कालिदास रेग्मीले विभिन्न सचेतना मुलक कार्यक्रमलाई तिब्रता दिइरहेका छन् ।
विभिन्न विद्यालयमा विद्यार्थीलाई ट्राफिक नियम सिकाएका उनले यात्रुलाई पैदल हिँड्दा अप्नाउनुपर्ने सवधानीका विषयमा समेत सचेत गउने गरेका छन् । त्यस्तै साना तथा ठूला सवारीका चालक, सहचाकलहरुलाई पनि सवारीको अवस्था, ट्राफिक नियम लगायतका विषयमा सजग गराउने गरेका छन् ।
झापामै पहिलो पटक ट्राफिक ड्मी राखेका ट्राफिक प्रहरी नायब निरीक्षक रेग्मीले सबैको साथ र सहयोग प्राप्त गरेका कारण धेरै सहज भएको बताए । यसैबीच मेचीनगरमा रहेका पेट्रोल पम्पहरूमा ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ । राजगमार्गसँगै रहेका पेट्रोल पम्पहरूमा अभियान सञ्चालन गरिएको रेग्मीले जानकारी दिए ।
उनका अनुसार पम्पका सञ्चालकलाई भेटेर अभियानबारे जानकारी गराइएको छ । पेट्रोल पम्पमा इन्धन भर्न आउने चालकले ट्राफिक नियम पालन नगरे इन्धन पनि उपलब्ध नगराउन आग्रह गरिएको रेग्मीले जानकारी दिए । मेचीनगरका पम्पहरूमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । हेल्मेट नगराएरसवारी सञ्चालन गर्नेलाई ट्राफिक प्रहरीले मात्र कारबाही गर्ने नभएर ब्यवसायीहरुले पनि उनीहरुलाई सबक सिकाउनुपर्ने रेग्मीको भनाई छ ।
कांकरभिट्टाको नेतृत्व सम्हालेपछि पछिल्लो समय कांकरभिट्टा क्षेत्रमा ट्राफिक नियम उल्लघन गर्नेको संख्यामा कमी आएको भने दुर्घटनाको संख्यामा पनि कमी आएको बताइएको छ । ट्राफिक प्रहरी पोष्ट कांकरभिट्टालाई इलाका प्रहरी कार्यालय कांकरभिट्टाका प्रमुख डीएसपी गोविन्द कार्कीले साथ दिएका छन् ।
उनले दुर्घटना न्यूनिकरणका लागि सबै एक हुनुपर्नेमा जोड दिए । पूर्वी नाका हुदाँ विदेशी सवारीसमेत भित्र्ने भएकाले ट्राफिक ब्यवस्थापनलाई ब्यवस्थित बनाउन लागि परेको जनाइएको छ ।
धेरै राम्रो काम