यी हुन् एटिएमबाट करोडौं रुपैयाँ लुट्ने चिनियाँ नागरिक

0
622

काठमाडौं,

एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताबाट करोडौं रुपैयाँ लुट्न आएका ५ जना चिनियाँ नागरिकलाई प्रहरीले आज सार्वजनिक गरेको छ। आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ।

उनीहरुले शनिवारसम्म १ करोड ३६ लाख रुपैयाँ बैकको एटिएमबाट निकालेको देखिएको छ। परिसरको विषेश टोलीले सूचनाको आधारमा उनीहरुलाई आइतवार बिहान नियन्त्रणमा लिएको थियो। घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

उनीहरु चीनबाट नै नेपालमा रहेका एटिएम बुथबाट रकम लुट्ने योजनाका साथ नेपाल आएको देखिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। उनीहरु पर्यटन भिसामा शुक्रवार नेपाल प्रवेश गरेका थिए।

उनीहरुले जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक होटेल बुक गराएका थिए। होटेलको तीन वटा कोठा बुक गराएर शुक्रवारदेखि त्यहीँ बसेका थिए।-पहिलो पोष्ट डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here