स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि आँखा अस्पतालमा सेवाग्राहीको चाप

0
572

पाल्पा,

स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढ्न थालेका छन् । बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महिनादेखि स्वास्थ्य बीमा सेवा शुरु भएपछि बिरामीको सङ्ख्या पछिल्लो समय बढेको पाइएको हो ।

दैनिक २०÷२२ जना आँखा उपचारका लागिआउने गरेकामा बीमा कार्यक्रमपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताउनुभयो ।“बीमाको सुविधा दिन थालेपछि बिरामी तेब्बरले बढीरहेका छन्, पहिले नै सो कार्यक्रम शुरु गर्ने भनिए पनि विभिन्न प्रक्रिया मिलाउनु पर्दा ढिलो भयो तर अहिले कार्यक्रम शुरु ग¥यौँ”, अध्यक्ष पोखरेलले भन्नुभयो ।

सो बीमा कार्यक्रमले गरीब, विपन्न परिवारलाई उपचारमा ठूलो राहत पुगेको रामपुर नगरपालिका–५ बस्ने सीतादेवी लम्साल बताउनुहुन्छ ।“उपचार नै गर्न नसकेर आँखाको समस्या भए पनि कतिपय अस्पतालमा जाँदैनथे, बीमा कार्यक्रमपछि बिरामी अस्पताल पुग्ने गरेका छन््,” उहाँले भन्नुभयो ।

सो कार्यक्रम लागू भएपछि निःशुल्क औषधि उपचार सेवा पाएकोमा रामपुर नगरपालिका–३ रजघराका खुमबहादुर थापा क्षेत्रीले खुशी व्यक्त गर्नुभयो । “आँखा जाँच, चश्मा, औषधि उपचार गर्दा थोरै भने पनि एक पटकमा रु एक हजार पाँच सयसम्म खर्च हुन्थ्यो, अहिले बीमा कार्ड लिएर गएपछि सबै निःशुल्क पाइएको छ”, उहाँले भन्नुभयो ।

नेपाल सरकारले बीमामा तोकेबमोजिमका सबै सेवा बिरामीलाई दिइएको छ । यही सालको वैशाख २० गतेबाट बीमा कार्यक्रम शुरुआत गरिएको हो । सो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ ।अस्पतालले हरेक महिना गर्ने आँखाको शल्यक्रियासम्बन्धी बृहत् शिविरमा पनि बीमा गरेपछि सेवा लिने ह्वात्तै बढेका छन् । शिविरमा बढीमा सयको हाराहारीमा बिरामी आउने गरेकोमा अहिले तीन सयको हाराहारीमा बिरामी आँखा जाँच तथा शल्यक्रियाका लागि आउने गरेको केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here