तृष्णा नामक प्रशोधित पिउने पानीमा किरा भेटियो

0
1677

झापा, तृष्णा नामको प्रशोधित पिउने पानीमा किरा भेटिएको छ । बिर्तामोड नगरपालिका – ६ बाट उत्पादित मिनिरल वाटरको शिलवन्दी बोतल भित्रको पिउने पानीमा किरा भेटिएको हो ।


बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड नजिकैको एक पसलमा किनिएको मिनिरल वाटर बोतलभित्र सेतो रंगको किरा भेटिएको हो ।
बिर्तामोड– ९ निवासी डिल्लीराम दाहालले औषधि सेवन गर्न मिनिरल वाटर किनेको र लेदो जस्तो देखिएपछि बोतल नियालेर हेर्दा किरा भेटिएको बताउनुभयो ।
तृष्णा नामको पानी उत्पादक कम्पनीले उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गरेको बताउँदै यस्ता कम्पनीको नियमन गरी गुणस्तरहीन पानी उत्पादक कम्पनीलाई कारवाही गरिनु पर्ने बिर्तामोडका – १ का अर्जुन उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘डिल्लीरामजी बिरामी हुनुहुन्थ्यो , दवाई खान पानी किन्यौं,े पानी धमिलो जस्तो देखेपछि नियालेर हेर्दा बोतल भित्रै सेतो किरा देखियो ।’
किरा सहितको १ लिटरको उक्त पानीको बोतल देखाउँदै उहाँले भन्नुभयो –‘ पानी किनेको पसलेलाई यस विषयमा सोध्दा आफूहलाई सो विषयमा थाहा नहुने र गुनासो भए पानी उत्पादकलाई नै भन्नु भन्दै पन्छनुभयो ।’
किरा भेटिएको पानीको बोतलमा सन् २०१९ अगष्टसम्ममा पानी प्रयोग गर्न सकिने उत्पादन मिति छ । शिलवन्दी तृष्णा नामको पानीको किरा सहितको बोतल पूर्वाञ्चलसंग सुरक्षित त ।
राष्ट्रिय उपभोक्ता मञ्च झापा र सम्वाद समूहको सचिवालयको सहकार्यमा यस अघि खाद्य प्रविधि तथा गुणस्तर विभागले बिर्तामोडबाट उत्पादित पानीको पीएच परीक्षण गर्दा समेत तृष्णा नामक पानीको पीएच ६ प्रतिशत थियो । पानीको न्यूनतम पीएच ६ देखि ७.५ प्रतिशत हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका खाद्य अनुसन्धान अधिकृत भरत पुरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here