थुनुवाका लागि पौडेलले दिए टेलिभिजन

0
1342

बिर्तामोड,

इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका किरण कार्की ढोलीको रहस्यमय मृत्यु भएपछि प्रहरीले हिरासत कक्षलाई अहिले प्रविधि मैत्री बनाएको छ ।
गत वैशाखमा मेचीनगरपालिका – ६ घर भएका १५ वर्षीय किशोरको शौचालयमा झुण्डिएको अबस्थामा शब फेला परेपछि प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीको हिरासत कक्षलाई प्रविधि मैत्री बनाएको हो ।
प्रहरीले अहिले हिरासत कक्ष भित्र सीसी क्यामेरा जडान गरेको छ भने हिरासतमा रहेका थुनुवाका लागि मनोरञ्जन प्रदान गर्न टेलिभिजनको समेत व्यवस्था गरेको छ ।
हिरासत सुरक्षा योजना अन्तरगत हिरासत कक्ष भित्र पार्केटिङ गर्न लागिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षम मोहन थापाले बताए ।
हिरासत कक्षमा रहेका थुनुवालाई मनोरञ्जन प्रदान गर्न हलेसी टे«ड लिङ बिर्तामोडका सञ्चालक चुडामणि पौडेलले टेलिभिजन सेट उपलब्ध गराएसंगै इलाका प्रहरी कार्यालय अनारमनीमा रहेका थुनुवाले अब टेलिभिजन हेर्न पाउने भएका छन् । उनले इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक थापालाई टेलिभिजन सेट हस्तान्तरण गरेका थिए ।
यस अघि हिरासत कक्षामा सीसी क्यामेरा जडान गरिएको थियो ।
हिरासत कक्ष भित्रै व्यवस्थित शौचालय बनाइएको र साधुरो हिरासत कक्षलाई फराकिलो बनाइएको प्रहरी नायव उपरीक्षक थापाको भनाई छ ।
इलाका प्रहरी कार्यालय परिसरमा दुई वटा पुरुषका लागि थुनुवा कक्ष छ भने महिलाका लागि छुट्टै थुनुवा कक्ष र वालवालिकाका लागि सोधपुछ कक्ष समेत अलग्गै बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here