ह्याक गरेर लुटेको पैसा साट्ने मनी एक्सचेन्जका ३ सञ्चालक परे प्रहरीको फन्दामा

0
800

काठमाडौं ।

एटीएम ह्याकपछि रकम साट्ने कार्यमा मुछिएका मनी एक्सचेन्जका सञ्चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ठमेलस्थित डेक्सो मनी एक्सचेन्जका देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई सोमबार यो खबर आजको राजधानी दैनिकमा छ ।पक्राउ गरेको हो । एटीएम ह्याक गरेर रकम निकालेका चिनियाँ नागरिकले डेक्सो मनी एक्सचेन्जमा २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेका थिए भने नेपाल मनी एक्सचेन्जमा २९ लाख ९९ हजार रुपैयाँ गैरकानुनी रूपमा साटेका थिए ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले उनीहरूलाई गैरकानुनी रूपमा सटही गरेको २९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here