विराटनगर,

प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थित नमूना सामुदायिक वनभित्र बेवारिसे अवस्थामा तीन थान भरूवा बन्दुक फेला पारेको छ ।
प्रहरी चौकी गछियाबाट खटिएको टोलीले आज उक्त सामुदायिक वनभित्र सो बन्दुक फेला पारेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार खिउँजुले स्थानीयले बन्दुक रहेको जानकारी गराएपछि टोली परिचालन गरी बरामद गरिएको बताउनुभयो ।
त्यस्तै प्रहरीले रङ्गेली नगरपालिका–३ पिपल चोकस्थित दोहमनाबाट कर्सियातर्फ अवैध रूपमा ल्याइँदै गरेका १० गाई नियन्त्रणमा लिएको छ । बेतौनाबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।






























