विराटनगर।
सुरक्षा चेकिङका क्रममा मोटरसाइकलमा सवार महिलाको छातीमा बन्दुकले घोचेपछि स्थानीयले प्रहरीलाई लखेटेका छन्। भाइ नागेन्द्र यादवले चलाएको मोटरसाइकलको पछाडि बसेकी कोशी अस्पतालमा कार्यरत राजमनीदेवी यादवको छातीमा बन्दुकको चुच्चोले घोचेको थियो।
मोटरसाइकल नरोकिएपछि प्रहरी जवान लक्ष्मेश्वर यादवले राइफल तेस्र्याएर रोक्ने प्रयास गर्दा महिलाको छातीमा घोचेपछि स्थानियले लखटेको बताइएको छ ।
भ्यानसहित प्रहरी भागेर ट्राफिक प्रहरी कार्यालयमा छिरेको थियो। प्रहरीले अगाडि राइफल बोकेर उभिएका ठाउँमा भाग्दै गरेको मोटरसाइकल आएर आफैं ठोकिएको दाबी गरेको छ ।
चेकिङमा बन्दुकले छातीमा घोचेपछि अस्पताल भर्ना हुनु भएकी घाइते यादव आइतबार वडा प्रहरी कार्यालयको छलफलमा आउकी थिइन् । उनले ताकेरै बन्दुकले प्रहार गरेको बताइन् । छलफलमा प्रहरीबाट गल्ती भएको बताउँदै उनलाई दैनिक १२ घण्टा ड्युटीमा राखिने बताए ।






























