झापा ।
सुनसरीको धरान उप महानगरपालिका १८ लाङघाली चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी ६९ वर्षीय वृद्धको मृत्यु भएको छ ।
सोमबार दिउँसो सवा १ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १४ प १२०३ नम्बरको मोटरसाइकलले पैदल यात्री धरान १५ बस्ने ६९ वर्षीय श्री प्रसाद राईलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइतेलाई तत्काल उपचारको लागि धरानकै घोपा क्याम्प पठाइएको र थप उपचारको लागि विराटनगरको नोबेल अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मोटरसाइकल र चालक प्रहरीले नियन्त्रण लिएको छ ।