मिसस तामाङ प्रदेश १ को ‘ट्यालेण्ट शो’ बुधबार

१७ भाद्र २०७६, मंगलवार मा प्रकाशित

नेपाल तामाङ घेदुङ उर्लाबारी मोरङको आयोजनामा भईरहेको मिस तामाङ प्रदेश १को ‘ट्यालेण्ट शो’ भदौ १८ गते बुधवार हुने भएको छ ।

तामाङ समुदायका युवतीहरुकोे व्यात्तित्व बिकास,अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा भेषभुषा,भाषा संस्कार,संस्कृतीको उत्थान र प्रर्वदन गराउने उदेश्यले आयोजना गरीएको ‘मिस तामाङ प्रदेश १’मा १४ जना सहभागी छन् ।

प्रदेशका बिभिन्न स्थानमा गरीएको अडिसनमा सहभागी ५० जना भन्दा बढीबाट छनोटमा परेका उनीहरुको उर्लाबारीको सिङ्हिम् होटलमा ‘ट्यालेण्ट शो’को आयोजना गरीएको आयोजक नेपाल तामाङ घेदुङ उर्लाबारीका अध्यक्ष राजु घिसिङ्गले जानकारी दिनुभयो ।

मिस तामाङमा सहभागी प्रतियोगीहरुलाई बन्दशत्रमा राखेर विभिन्न प्रकारका जिवन उपयोगि तालिम तथा प्रशिक्षण प्रदान गरीँदै आएको छ ।प्रतियोगिताको ग्राण्ड फिनाले भदौ २८ गते धनकुटाको हिलेमा हुने छ ।

फिनाले भन्दा अघि झापाको विर्तामोडमा भदौ २४ गते प्रतियोगिहरुको सहभागिता सहित ‘फेसन शो’ को आयोजना गरीएको आयोजकले जनाएको छ ।फेसन शो’मा गायक बुद्व लामा सहित विभिन्न राष्ट्रीय कलाकारहरुको प्रस्तुती रहने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here