गणेश मन्दिर समितिद्धवारा संस्थापक र दाताहरुलाई सम्मान

0
1122

अर्जुनधारा ।

गणेश चतुर्थीको अवसरमा मंगलबार झापाको अर्जुनधारा–७स्थित गणेश मन्दिर सेवा समितिले संस्थापक सदस्य र दाताहरुलाई सम्मान गरेको छ ।

समितिका अध्यक्ष नारायण कटुवाल “दीपेन्द्र”को अध्यक्षता र पूर्व अध्यक्ष भूवनेश्वर शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा संस्थापक सदस्यहरु क्रमश टेकबहादुर राई, धनबहादुर कार्की “कुमार”, धनबहादुर राई र ध्यानबहादुर राई, दाताहरु अजय चौधरी, टीकाराम डाँगी र तारा रञ्जितकार रहेका छन् । त्यसैगरी मन्दिर स्थापना गर्न योगदान पु¥याएका पूर्णप्रसाद सिटौला र विरेन्द्र लामालाई मरणोपरान्त सम्मानित गरिएको थियो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य रमेश त्रिखत्री, नगर सभा सदस्य ऐतराज नेम्वाङ “सन्तोष”, जीवननाथ गिरी, दिलबहादुर खड्का, पूर्णीमा सिटौला, लोकबहादुर मगरलगायतको आतिथ्यता रहेको थियो ।

समितिकी उपाध्यक्ष मुना बाँस्कोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थापक सदस्य टेकबहादुर राईले गरेका थिए । कार्यक्रम अघि भगवान गणेशको विधिपूर्वक पुजा गरेको समितिले साँझ भजन प्रस्तुत गर्ने समितिका अध्यक्ष कटुवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here