बिषालु सर्पले डसेर २ जनाको मृत्यु

0
650
सुनसरी ।

सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरकी ३० बर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो २ बजेको समयमा घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साँढे ५ बजे मृत्यु भएको हो ।
यसैगरी सुनसरीकै हरिनगर गाउँपालिका-१ की ५५ बर्षीया सहिदान खातुनको पनि सर्पको टोकाईबाट मृत्यु भएको छ ।
मंगलवार राती सवा ९ बजे घर छेउमै बिषालु सर्पले डस्दा घाईते भएकी खातुनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पर्‍यानासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here