पर्सा।
प्रहरी चेकजाँचका क्रममा हतियार देखाइ भाग्न खोज्ने गिरोहलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।
नियमित जाँचका क्रममा रहेको वडा प्रहरी कार्यालय श्रीपुरको टोलीमाथि वीरगञ्ज महानगरपालिका–१६ का सन्तोष दासले हतियार देखाए लगत्तै प्रहरीले गोली चलाएर उनलाई निइन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले चलाएको गोली लागेर सन्तोष दास घाइते भएका छन् । उनको दाया खुट्टामा गोली लागेको छ । प्रहरीका अनुसार सन्तोषको साथबाट एउटा पेस्तोल र १७ राउण्ड गोली बरामद भएको छ ।
गोली लागेर ढलेका सन्तोषलाई तत्कालै उपचारका लागी वीरगञ्जको नारायणी अस्पताल लगीएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।





























