बिर्तामोड।
मारवाडी सेवा समिति बिर्तामोडको अध्यक्षमा पवन खेडिया निर्वाचित भएका छन् ।
संस्थाको २६औं साधारणसभाले खेडियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष राहुल शर्मा, सचिव दिपेन्द्र मित्तल, सहसचिव गौरीशंकर गुप्ता टिंकु, कोषाध्यक्ष भगवानदास सिंघल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा वेदप्रकाश मित्तल, मागीलाल अग्रवाल, अरुण चौधरी, विजय गोयल, यज्ञराज अग्रवाल, प्रमोद अग्रवाल, प्रविन अग्रवाल रहेका छन् । समितिका अन्य दुई सदस्य भने आगामी बैठकले चयन गर्ने बताइएको छ ।
१५ सदस्यीय समितिका लागि २१ जनाले उम्मेद्वारी मनोनयन गरेकोमा नौ जनाले उम्मेद्वारी फिर्ता लिएपछि सर्वसम्मतले समिति चयन गरिएको बताइएको छ । समिति निर्माणका लागि शिवकुमार अग्रवाल निर्वाचन आयुक्त र भाष्कर शर्मा र दिपक मित्तल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
संस्थाका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेको अध्यक्षता तथा महावीरप्रसाद गोयलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वेदप्रकाश अग्रवाल, उमेश डालमिया, दिनेश मित्तल, हनुमान मित्तल लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन जीतेन्द्र मित्तलले गरेका थिए ।