सामाजिक सञ्जालमा झापा ट्राफिकको आलोचना, यात्रुबाट असुलेको बढीभाडा फिर्ता

0
1372

विनोद सापकोटा / झापा ।

ट्राफिक प्रहरीले झापामा ट्राफिक नियम उल्लघन गर्ने सवारीलाई कारबार्ही नगरेको भन्दै सामाजिक सञ्चालनमा चर्को आलोचना भएको छ । आलोचना बढेपछि ट्राफिक प्रहरी प्रमुख होमप्रसाद अधिकारीले बुधबारबाट अनुगमनलाई तिब्रता दिएका छन् । उनले इलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले सवारी साधनको अनुगमन गर्दा ८ वटा सवारी कारबाहीमा समेत परेका छन् ।

यसैबीच झापामा यात्रुहरुसगँ मनपरी भाडा लिने ८ वटा यात्रुवहाक बसका कर्मचारीले यात्रुहरुको भाडा फिर्ता गरेको छन् । बुधबार बिहान पुर्व पश्चिम राजमार्गको दुधे—माईधार सडक खण्डमा गरिएको आकस्मिक चेक जाँचका क्रममा यातायात साधनका कर्मचारीले यात्रु संग लिएको बढी भाडा प्रहरीको सहयोगमा फिर्ता पाएका हुन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले भाडादर र आरक्षण कोटाको कार्यान्वयन भए नभएको अनुगमन गर्ने क्रममा यात्रु संग बढी भाडा असुली गरेको पाएपछी तोकिएको भन्दा बढी असुली गरेको भाडा फिर्ता गराएको हो । यात्रुवहाक बसले तोकिएको भाडादर भन्दा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्री चढाउने, चाहेको ठाँउमा बस रोकेर नओराल्ने, सार्वजनिक यातायातका साधनमा अपाङ्ग, असक्त र जेष्ठ नागरीकलाई चढाउन नमान्ने गरेको भन्ने जनगुनासो बढे पछी प्रहरीले आकस्मीक चेक जाँच गरेको हो ।

जेष्ठ नागरिकले गरेको गुनासो सार्वजनिक यातायातका साधनले बढीभाडा असुलेको पाईएको ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । प्रहरी निरीक्षक ठाकुरका अनुसार २१ वटा यात्रुवहका बसमा चेकीङ्ग गर्ने क्रममा ८ वटा यात्रुवहाक बसका कर्मचारीले १३ जना जेष्ठ नागरीकलाई तोकिएको छुट नदिएको बताए ।

‘यो ठगी हो । हामीले यात्रुबाट बढी भाडा असुल्ने यातायातका कर्मचारीलाई तत्काल भाडा फिर्ता गरायौ ।’ गुनासा धेरै भएपनि पहिलो पटक चेतावनी सहित छाडिएको र पुनः बढी भाडा लिएको पाइए कानुनी कार्वाही हुने उनले बताए । सार्वजनिक यातायातका साधनमा सरकारले जेष्ठ नागरिकका लागी ५० प्रतिशत र बिद्यार्थीका लागि ३३ प्रतिशत प्रचलित भाडा दरमा छुट दिएको छ । तर, सरकारले तोकेको छुट यातायात व्यवसायीले दिन आनाकानी गरिरहेको अनुगमनका क्रममा भेटीएको प्रहरीले जनाएको छ ।

भाडादर अनुगमन तथा चेकजाँचमा यात्रु ठगेको भटिएको ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । झापाबाट पश्चिम जाने यात्रुबाहक सवारी साधनहरुले तोकिएको भाडादर भन्दा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रु चढाउने गरेको भेटिएको समेत उनले बताए । कांकरभिट्टाबाट बिराटनगर जाने यात्रुवहाक बसमा पाडाजुँगी सम्मका लागि तोकीएको ८० रुपैयाँ भाडामा छुट नपाएका पाडाजुँगीका७२ वर्षीय नरवहादुर कार्कीलाई प्रहरीले ४० रुपैयाँ फिर्ता दिलायो । बृद्ध कार्कीले भने, ‘यो खालको अनुगमन राजमार्गमा दिन हुँ होस ।’, मेरो गुमेको ४० रुपैयाँ प्रहरीले फिर्ता गराएर सरकारले दिएको सुविधा उपभोग गर्न पाए ।’

अधिकांश सवारी साधनमा नेपाल सरकारले तोकेको भाडादर यात्रुले स्पष्ट सँग देख्ने गरी नटाँसेको, आरक्षण सिटको सदुपयोग नगरेको, बृद्ध तथा अपाङ्गलाई राज्यले दिएको भाडा छुट नदिएको अनुगमनका क्रममा पाईएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले जनाएको जनाएको छ । झापामा राता र हरिया रङ्गका यात्रुवहाक बसको राजमार्गमा आतंक भएको भन्दै सामाजिक संजालमा आलोचना हुन थालेपछी ट्राफिक प्रहरीले जिल्लाका ठाँउ ठाँउमा गति मापन अभियान समेत शुरु गरेको छ ।

राता र हरिया रंङ्गका यात्रुवहाक बसको गती तिव्र भएको भन्दै यात्रुले सामाजिक संजालमा गुनासो गर्नेगरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । ट्राफिक प्रहरीले पूर्व–पश्चिम राजमार्गमा चेक जाँचलाई तिब्रता नदिदाँ दुर्घटना बढेको भन्दैझापा ट्राफिक प्रहरी प्रमुख अधिकारीको चर्को आलोचना समेत हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here