झापामा युवा संघका अध्यक्षमाथी छुरा प्रहार

0
828

झापा ।

नेकपा निकट युवासंघ नेपालका शिवसताक्षी नगर अध्यक्षमाथी बुधबार बिहान छुरा प्रहार भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका बडा नम्बर ८ को बडा कार्यलयमा वडा अध्यक्ष संग कुरा गरिरहेका युवा संघका नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राई माथी छुरा प्रहार भएको हो । प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सीनाले राई माथी अन्धाधुन्द छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट घाईते भएका राईको बिर्तामोडको बिएण्सी अस्पतालमा उपचार भईरहेको छ । वडा अध्यक्ष केहरशिह बस्नेतका अनुसार ‘म संग समसामयीक विषयमा कुरा भइरहेको थियो । सागर आएर दाहिने तर्फकोको कोखामा दुई पटक छुरा हाने ।’ घाईते राई खतरा मुक्त रहेको बिएण्सी अस्पताल बिर्तामोडले जनाएको छ ।

छुरा प्रहार के कारणले भयो भन्नेबारेमा केहि खुल्न सकेको छैन । तिम्सीनालाई ईलाका प्रहरी कार्यलय झिलझिलेको प्रहरी टोलिले तत्कालै गिरफ्तार गरेको छ ।

घाईते राई तस्वीर उनकै फेसबुकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here