वाणिज्य बैंकका कर्मचारीले विद्यार्थीलाई खाजा दिए

0
487

शिवगञ्ज ।

सरकारले सामुदायिक विद्यालयका लागि दिदै आएको दिवा खाजा कार्यक्रम रोकेपनी यहाँको एक बिद्यालयले भने उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ । स्थानीय दाताहरुको सहयोगमा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ को स्वरस्वती प्राथमिक विद्यालयले दिवा खाजा कार्यक्रम संचालन गरिरहेको छ ।

सरकारले गत आवमा कार्यक्रम रोकेको थियो । तर, सामुदायिक विद्यालयका विद्यार्थीको खाजा कार्यक्रम स्थानीय दाताको सहयोगमा विद्यालयले रोकेन । दाताले आफ्नो जन्मदिन, पितृहरुको सम्झना, विवाह उत्सव लगायतका अवसर पारेर विद्यालयमा अन्न दान गर्ने गरेका छन । कतिपय दाताले नगदै दिने ईच्छा राख्नुहुन्छ तर, बिद्यालय प्रशासनले भने जिन्सी सामाग्री नै दिन दातालाई आग्रह गर्ने गरेको विद्यालयका प्रधानाध्यापक गणेश घिमिरेलले बताए ।

विद्यालयले सवै अध्ययनरत विद्यार्थीका लागि खाजाको जोहो गर्ने गरेको छ । कक्षा नर्सरी देखी ५ सम्म अध्ययनरत २ सय ३ जना छात्र छात्राले विद्यालयले व्यवस्था गरेको खाजा खाने गरेका छन । खाजा पकाउन, ख्वाउन र भाडा वर्तन सफा गर्न विद्यालयका शिक्षक शिक्षीका आफै खटिन्छन । विद्यालयका प्रधानाध्यापक गणेश घिमिरेले भने, शिक्षक शिक्षीकाले विद्यालयमा विद्यार्थीका लागि पकाएको खाजा सवैलाई बाढेर दिन पाउदा मनै आनन्द हुने गरेको छ ।

सरकारले दिवा खाजा कार्यक्रम कटौती गरेपनी विद्यालय प्रशासनले यसलाई निरन्तरता दिएकैले विद्यालयमा चालु शैक्षिक सत्रमा विद्यार्थीको संख्या थपिएको थपियै छ । स्थानीय भन्छन, ‘विद्यालय खाली हुने अवस्था थियो, खाजाले लोभ्याएर कक्षा कोठामा टनाटन विद्यार्थी बनायो ।’

सो विद्यालयलाई संघिय साँसद एलपी साँवा लिम्वु, प्रदेश साँसद झलकवहादुर दर्लामी मगर र शिवताक्षी नगरपालिकाले पनी पुर्वाधार र गुणस्तर सुधारमा आर्थीक सहयोग गरिरहको छ । यसका अलवा अन्य सरकारी तथा गैह्र सरकारी संघ संस्थाले पनी सहयोग गरिरहेको विद्यालयका प्रधानाध्यापक घिमिरेलले जानकारी दिए ।

वुधबार राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाले विद्यालयका बिद्यार्थीका लागि करिव १ महिनाका लागि दिवा खाजा उपलव्ध गराएको छ । बैकका साखा प्रवन्धक खगेन्द्र कन्दङ्गाको कर्मचारी टोलीले दिवा खाजा उपलव्ध गराएको सो विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार १ सय केजी भुजा, ५० केजी मटर, २५ केजी चना, १ कार्टन विष्कुट,३ लिटर तोरीको तेल,१ केजी जिरा मसला,र ५सय ग्राम वेसार प्राप्त भएको छ । विद्यालयका अनुसार दाताहरुको सहयोगले कक्षा कोठामा विद्यालय भरीभराउ छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here