ऋद्धी सिद्धीको ११औं सभा सम्पन्न

0
913

अर्जुनधारा।

झापाको अर्जुनधारा–८मा रहेको ऋद्धी सिद्धी महिला कृषि सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा विहिबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष कुसुम राईको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सदस्य कमला न्यौपानेले गरेकी थिइन् ।

कार्यक्रममा समितिकी अध्यक्ष राईले संस्थाको सांगठनिक प्रतिवेदन, लेखा समिति संयोजक चन्द्रकला निरौलाले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक चन्द्रकला राईले गत आर्थिक वर्ष ०७५÷०७६को वास्तविक तथा चालु आर्थिक वर्ष ०७६÷०७७को प्रस्तावित वार्षिक कार्यक्रम उल्लेखित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जम्मा शेयर पूँजी ४२ लाख १४ हजार तीन सय रुपैयाँ रहेको संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी २१ लख ४६ हजार ७६ रुपैयाँ, जम्मा खर्च १९ लाख २० हजार एक सय ९९ रुपैयाँ र शुद्ध नाफा दुई लाख २५ हजार आठ सय ७७ रुपैयाँ प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी संस्थाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा अग्र्यानिक खेती सञ्चालन गर्ने, संस्थामा आवद्ध शेयर सदस्यहरुलाई कृषी र सहकारी सम्बन्धी तालिम सञ्चालन गर्ने, शेयर सदस्यहरुको हितको निम्त्ति सदस्य कल्याण कोष सञ्चालन गर्ने, कृषि सम्बन्धी अवलोकन भ्रमण, सहकारी ऐन् २०७४ अनुसार विनियम संशोधन गर्नेलगायत प्रस्तावहरु पेस गरेको थियो ।

सोही कार्यक्रमको सन्दर्भमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा असल बचत सदस्यहरुतर्फ दिपेश दुलाल, पार्वती तामाङ, राजेश गुप्ता, सकिना खान असल ऋणीहरुतर्फ केवल पोर्तेल, खिनमाया खतिवडा र धनमाया थापा मगर असल पशुपालक सदस्यतर्फ देवकला ओली प्रसाईं र ज्येष्ठ सदस्यतर्फ धनमाया अधिकारी, भीमकला न्यौपाने र मीनाकुमारी राई रहेका छन् ।

त्यस्तै गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने शेयर सदस्य कमला न्यौपानेकी छोरी प्रनिका न्यौपाने र व्यवस्थापक राईकी छोरी जेनिसा राई, कर्मचारीहरुतर्फ व्यवस्थापक राई, बजार प्रतिनिधि यशोधा मगर, पूर्व कर्मचारीद्धय इन्दिरा पोर्तेल र प्रमिला राजवंशी रहेका छन् ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य रमेशकुमार दर्जी, झापा जिल्ला सहकारी संघका सदस्य टंक बराल, नगर सहकारी संघ समन्वय समितिका अध्यक्ष प्रेमसागर सापकोटा, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याल, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यी सहकारी संस्थाका उपाध्यक्ष डिल्ली घोर्साईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here