वाल सुवोधिनि आधारभुत विद्यालयका प्रधानाध्यापक थापा प्रदेशकै उत्कृष्ट प्रधानाध्यापक

0
1025

काठमाण्डौ ।

झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयका प्रधानाध्यापक विश्व थापा प्रदेश नं. १ को उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मानित भएका छन् ।

विहिवार काठमाण्डौमा आयोजित एक कार्यक्रमका विच पि.पि. प्रसाईं फाउण्डेशनले थापालाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रदेश नं. १ वाट उत्कृष्ट प्रधानाध्यापकको रुपमा छनौट गरी पुरस्कृत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्रि गिरिराज मणि पोखरेलले नगद ५० हजार रुपैया सहित सम्मान पत्र वाटसम्मान गरेका थिए । सोही कार्यक्रममा विद्यालयलाई समेत १५ हजार रुपैयाको शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

शिक्षा दिवसको अवसर पारेर पि.पि. प्रसाई फाउण्डेशनले हरेक वर्ष प्रत्येक प्रदेशवाट उत्कृष्ठ १÷१ जना शिक्षक वा प्रधानाध्यापकको छनौट गरी पुरस्कृत गर्ने गरेको छ ।

थापा सँगै प्रदेश नं. २ वाट केदार बहादुर कोइराला (महोतरी), प्रदेश नं. ३ वाट अन्जु लामा (काठमाण्डौ), प्रदेश नं. ४ वाट केशव पराजुली (कास्की), प्रदेश नं. ५ वाट डोर बिक्रम श्रेष्ठ (स्याङ्जा), प्रदेश नं. ६ वाट तुल बहादुर विष्ट (डोल्पा) र प्रदेश नं. ७ वाट ललित सिंह साउद (कन्चनपुर) समेत सम्मानित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here