हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको तयारी तिव्र

0
969

बिर्तामोड ।

झापाको बिर्तामोडमा आयोजना हुने हाम्रो पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । बिर्तामोडको जायोन स्पोर्टस् क्लवको आयोजनामा आगामी असोज ११ गते बाट १८ गतेसम्म डोमालाल राजवंशी रंङ्गशालामा प्रतियोगिता सञ्चालन हुँदैछ ।

विजयादशमीको उपलक्ष्यमा झापालाई खेलकुदमय बनाउन आयोजना गरिएको गोल्डकपको ६० प्रतिशत काम सम्पन्न गरिएको आयोजक जायोन स्पोर्टस् क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए । प्रतियोगिताको तयारी तिव्र पारीएको गोल्डकप आयोजक समितीका प्रवत्ता अभिनाश राईले बताए ।

“प्रतियोगितामा सहभागि हुने ३ टिमको पक्का हुन बाँकी छ” उनले भने, “मनाङ मस्र्याङ्दी, भुटानको पारो एफसी र नेपालको एक क्लबको कन्फर्म हुन बाँकी छ ।” नेपालका पाँच वटा ए डिभिजन क्लबसहित ८ टिमले गोल्डकपमा सहभागिता जनाउने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, रुपन्देही ११, भारतको मोल्होई युथ क्लब र आयोजक टिमले सहभागिता जनाउने पक्का भइसकेको छ ।

हाल प्रतियोगिता हुने डोमालाल रंगशालाको फुटबल मैदानमा घाँसको काटछाट र प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ । “आन्तरीक रुपमा खेल मैदान मर्मत सम्हार, बाँसको प्याराफिट निर्माण र प्रचारप्रसार लगायतको काम तिव्र पारेका छौँ” आर्थिक संयोजक दिपेन्द्र आछामीले भने, “आर्थिक संकलनका लागि प्रायोजकसँगको सम्झौतालाई अन्तिमचरणमा पु¥याएका छौँ ।”

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले छ लाख २५ हजारसहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वा्धिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान आयोजकको छ । गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई यस अघि नै ब्राण्ड एम्बासेडर नियुक्त गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here